२०८३, १२ कार्तिक बिहीबार

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा


काभ्रे, १३ कात्तिक: यहाँका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ । दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दशैँअघि दोस्रो र तेस्रो किस्ताको रकमको माग भइआएका भूकम्पपीडितको रकम सम्बन्धित सबैका बैंक खातामा पठाइसकिएको छ ।” उहाँले दशैँपछि भने कुनै भूकम्पपीडितबाट अनुदान रकम माग नभएको जानकारी दिनुभयो । भूकम्पबाट क्षति भएका यहाँका निजी आवासमध्ये २७ दशमलव ५ प्रतिशत घर पुनःनिर्माण भएको र पुनःनिर्माणको काम तीव्र गतिमा भइरहेको बताइएको छ ।

कार्यान्वयन एकाइका अनुसार यहाँ भूकम्पपछि ६८ हजार ७७३ घरपरिवारले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम लिएका थिए । पहिलो किस्ता लिएकामध्ये कात्तिक दोस्रो सातासम्म १८ हजार ९१९ पीडितले घर पुनःनिर्माण सम्पन्न गरेको र ४४ हजार ७५७ पीडितले दोस्रो किस्तावापतको रकम बुझेका छन् । भूकम्पबाट क्षति भएका जिल्लाका ११२ गुम्बाको पुनःनिर्माणका लागि सर्भे गर्ने काम सम्पन्न भई प्राधिकरणमा पठाइसकिएको प्रमुख रेग्मीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४८ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली