२०८३, ११ कार्तिक बुधबार

उदयपुरमा मगर गोही फेला

उदयपुरमा मगर गोही फेला


गाईघाट, १३ कात्तिक : उदयपुरको बेलका नगपालिका–३ स्थित मूर्ति खोलामा आज अपराह्न स्थानीय युवाले माछा मार्ने क्रममा मगर गोही भेटाएका छन् । करीब पाँच फिट लम्बाइ र ६० सेन्टिमिटरभन्दा बढी चौडाइको गोही मूर्ति खोलामा फेला परेको स्थानीयवासीलाई उद्धृत गर्दै डिभिजन वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सामान्य घाइते उक्त गोहीलाई वन कार्यालयका कर्मचारीले उपचारका लागि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा बुझाएका छन् । सप्तकोशीबाट साना बच्चा हुँदा बर्खायाममा नै मूर्तिखोलामा प्रवेश गरेर उक्तगोही हुर्केको हुन सक्ने बताइएको छ । बेलका क्षेत्रमा १५ फिटसम्म लम्बाइ भएका अजिङ्गर, सालकलगायत मगरगोहीजस्ता दुर्लभ जन्तु वृद्धि भएर फैलँदै जान थालेको वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव