२०८३, २० आश्विन बुधबार

बैंकिङ् सेवासुविधा अपाङ्गमैत्री बनाउन माग

बैंकिङ् सेवासुविधा अपाङ्गमैत्री बनाउन माग


काठमाडौँ, १३ कात्तिक : नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलगायतले अपाङ्गता भएका व्यक्तिलाई बैंकिङ् सेवासुविधामा सहजता गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

केन्द्रका अध्यक्ष जगदीशप्रसाद अधिकारीले बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई बालुवाटारस्थित कार्यकक्षमा ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो । बैंकका कार्यकारी निर्देशक पौडेलले अब निर्माण हुने बैंकका संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई अनुकूल हुने गरी बैंकिङ सेवा उपलब्ध गराइने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिका सवाललाई सम्बन्धित निकायसम्म लैजाने र यस विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा केन्द्रका अध्यक्ष अधिकारी, नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धिताल, दृष्टिविहीन सरिता लामिछानेलगायतले बैंकिङ् सेवाअन्तर्गत एटिएम बुथ तथा कार्ड, बैंकका संरचना अपाङ्गमैत्री नभएको बताउँदै बैंकिङ् सेवासुविधालाई अपाङ्गता अनुकूलको बनाउनपर्नेमा जोड दिनुभयो । उक्त पत्रमा प्रत्येक बैंकले एक अपाङ्गता भएका व्यक्तिका लागि रोजगारीको पनि पहल गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको