२०८२, २६ पुस शनिबार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार


ओल्डेनवर्ग, जर्मनी, १३ असोज : जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् । अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजिवन काराबासको सजायँ पाएका एकचालीस बर्षीय पूर्व नर्स होएगेलले आफूले जानानान औषधीको अधिक मात्र बिरामीलाई दिएका बताएका छन् ।

बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिने विश्वासमा आफुले अन्तिम उपायका रूपमा त्यसो गरेको उनले बताएका छन् । स्वास्थ्य कानूनले उक्त कार्यलाई अवैध मान्छ । उत्तरी शहर ओल्डेनबर्गमा सुनुवाईको पहिलो दिन न्यायाधीस सेवास्टियन बुहेरम्यानले के उनीमाथि लगाइएको आरोपहरू सही हुन् भन्ने जिज्ञासामा होएगेलले उक्त दावी सही भएको बताए । दर्जनौँ मैले जे भने त्यो भएको हो, उनले मृतकका दर्जनौँ शोकमग्न आफन्तहरूले भरिएको अदालतको कोठामा भने ।

सुनुवाई शुरू भएपछि बुहेरम्यानले भन्नुभयो, सुनुवाईको प्रमुख उद्देश्य भनेको अस्पताललाई हत्याविरोधी स्थान बनाउने रहेको बताउनुभयो । जर्मनीका दुई अस्पतालमा भएका कतिपय लापरबाहीका कारण भएका दुःखद घटनामाथि छानविनरहित अवस्थामा छोड्नुको सट्टा कानूनी फैसला दिने उद्देश्यले सुनुवाई भएको उहाँले बताउनुभयो । हामीले सत्य पत्ता लगाउन सम्भवभएसम्म कोशिस गर्ने छौँ, उहाँले भन्नुभयो । यो प्रकाश नछिर्ने घरको अध्याँरो कोठाजस्तो थियो । अध्यारोमा उज्यालो भर्न हामीले चाहेका छौँ ।

पिडितहरूको एक मिनेट लामो निशब्दतापछि दारीवाल होएगेलले धैर्यसाथ सुन्दै आफ्नो टाउको झुकाएका थिए । जब सरकारी अभियापनकर्ता डानियला स्कीरेक बोहलम्यानले अस्पतालको लापर्बाहीका कारण मारिएका सबैको नाम पढेर सुनाएका थिए । अभियोजनकर्ताका अनुसार आरोपित पूर्वनर्सले काम गरेको ओल्डेनबगस्थित अस्पतालमा ३६ बिरामी मारिएका थिए भने करिब ६४ जनालाई नजिकैको डेलमेनहस्र्ट क्लिनिकमा सन् २००० देखि २००५ सम्मको समयमा हत्या गरिएको थियो ।

होएगेलको जिम्मामा रही उपचारको क्रममा मारिएका १३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । हत्या दावी भएका एक मृतकका आफन्त क्रिश्चियन मारबाकले आफ्ना आफन्तलाई पनि चिकित्सकको अनुमति बिना नै अस्पतालले मारेको दावी गरे । तपाई सरलक होम्स बन्नु हुँदैन पिडितलाई न्याय दिलाउन र यस किसिमका घटना हुनबाट रोक्न आवश्यक सबै कदम चाल्नुपर्छ मारबाकले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ५५ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,