२०८३, १ कार्तिक आईतबार

आइटियुको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री बाँस्कोटा दुबई प्रस्थान

आइटियुको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री बाँस्कोटा दुबई प्रस्थान


काठमाडौँ, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स(युएइ)को दुबईतर्फ आज अपराह्न प्रस्थान गर्नुभएको छ ।

सम्मेलनमा विश्वभरिबाट आइटियुका सदस्य राष्ट्रका मन्त्री, सचिव तथा उच्चतहका नीतिनिर्माताको सहभागिता रहने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो । चार वर्षको अन्तरालमा हुने उक्त सम्मेलनले आगामी चार वर्षका लागि अख्तियार गर्ने नीति एवं रणनीतिमा निर्णय हुनेछ ।

आइटियुको महासचिवलगायत परिषद् सदस्य तथा पदाधिकारीको निर्वाचन पनि सोही सम्मेलनमा हुनेछ । मन्त्री बाँस्कोटाको नेतृत्वमा उक्त मन्त्रालयका सहसचिव, उपसचिव तथा युएइस्थित नेपाली दूतावासका कावा राजदूत पनि सहभागी हुनुहुनेछ ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले सम्बोधन गर्नाका साथै सहभागी देशका मन्त्रीसँग द्विपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्ने प्रवक्ता ढकालले बताउनुभयो । दूरसञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा तीव्र गतिमा भइरहेको विकासबाट नेपालजस्तो देशले कसरी अधिकतम लाभ लिन सक्छ भन्नेबारेमा मन्त्री बाँस्कोटाले नेपालको भनाइ प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ४७ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा