२०८३, १३ आश्विन बुधबार

नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुहोस् : उपराष्ट्रपति पुन

नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुहोस् : उपराष्ट्रपति पुन


काठमाडौँ, १३ कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन चीनका पत्रकारलाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारलाई राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्नुभएका उपराष्ट्रपति पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गर्नुभएको हो ।

‘अल चाइना जर्नालिस्ट एशोसिएशन’का महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा उहाँसँग भेट गरेको थियो । भेटमा उपराष्ट्रपति पुनले नेपाल र चीनका पत्रकारले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनमा योगदान दिनुपर्ने उल्लेख गर्दै पत्रकारले जनतालाई सु–सूचित गराउनुपर्ने बताउनुभयो ।

“नेपाल आर्थिक समृद्धिको मार्गमा छ, जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी क्षेत्रको विकास र पूर्वाधार निर्माण नेपालको समृद्धिका आधार हुन्”, उहाँले भन्नुभयो, “चिनियाँ पत्रकार मित्रहरुलाई मेरो आग्रह छ, नेपालको पर्यटनका बारेमा चीनमा प्रचार प्रसार गरिदिनुस्, त्यसबाट धेरैभन्दा धेरै चिनियाँ मित्रहरु नेपालको भ्रमणमा आऊन् भन्ने मेरो आग्रह छ ।”

सो अवसरमा अल चाइना जर्नालिस्ट एशोसिएशनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारबीच बलियो सहकार्य भइरहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धन र समृद्धिका लागि आफूहरुको सक्दो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिसँग यिपिनका उपप्रमुख भेट
यसैबीच उपराष्ट्रपति पुनसँग यी पिन जनसरकार, सिचुवान चीनका उपप्रमुख चाङ्ग फिङ्गले शिष्टाचार भेट गर्नुभएको छ । उहाँले सोमबार दिउँसो उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो । चीनको यी पिन शहर र पोखराबीच भगेनी सम्बन्ध छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ३७ बजे

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

मलेसिया रोजगारीमा ‘मेनपावर सिण्डिकेट’ विवाद चर्कियो, ३ लाख नेपालीको रोजगारी जोखिममा

२७५ एजेन्सी छनोटपछि सरकार अप्ठ्यारोमा, मलेसियासँग वार्ता कि FWCMS स्वीकार-दुई

भक्तपरको जगातीमा खुल्यो होण्डाको नयाँ शोरुम, आज उद्घाटन

भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ