२०८२, २९ पुस मंगलबार

नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुहोस् : उपराष्ट्रपति पुन

नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुहोस् : उपराष्ट्रपति पुन


काठमाडौँ, १३ कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन चीनका पत्रकारलाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारलाई राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्नुभएका उपराष्ट्रपति पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गर्नुभएको हो ।

‘अल चाइना जर्नालिस्ट एशोसिएशन’का महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा उहाँसँग भेट गरेको थियो । भेटमा उपराष्ट्रपति पुनले नेपाल र चीनका पत्रकारले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनमा योगदान दिनुपर्ने उल्लेख गर्दै पत्रकारले जनतालाई सु–सूचित गराउनुपर्ने बताउनुभयो ।

“नेपाल आर्थिक समृद्धिको मार्गमा छ, जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी क्षेत्रको विकास र पूर्वाधार निर्माण नेपालको समृद्धिका आधार हुन्”, उहाँले भन्नुभयो, “चिनियाँ पत्रकार मित्रहरुलाई मेरो आग्रह छ, नेपालको पर्यटनका बारेमा चीनमा प्रचार प्रसार गरिदिनुस्, त्यसबाट धेरैभन्दा धेरै चिनियाँ मित्रहरु नेपालको भ्रमणमा आऊन् भन्ने मेरो आग्रह छ ।”

सो अवसरमा अल चाइना जर्नालिस्ट एशोसिएशनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारबीच बलियो सहकार्य भइरहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धन र समृद्धिका लागि आफूहरुको सक्दो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिसँग यिपिनका उपप्रमुख भेट
यसैबीच उपराष्ट्रपति पुनसँग यी पिन जनसरकार, सिचुवान चीनका उपप्रमुख चाङ्ग फिङ्गले शिष्टाचार भेट गर्नुभएको छ । उहाँले सोमबार दिउँसो उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो । चीनको यी पिन शहर र पोखराबीच भगेनी सम्बन्ध छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ३७ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका