२०८२, २२ जेष्ठ बिहीबार

जोखिममा लागूऔषध प्रयोगकर्ता

जोखिममा लागूऔषध प्रयोगकर्ता


काठमाडौँ, १३ कात्तिक : पारिवारिक समस्यालगायत विभिन्न कारणले बालबालिका सडकमा पुग्छन् । शुरुमै उनीहरूको उद्धार हुनसके पुरानै अवस्थामा फर्काउन सकिन्छ । जब पूर्ण कुलतमा फसिसकेका हुन्छन्, त्यसबेला पुनःस्थापन गर्न कठिन हुन्छ, उनीहरूलाई उद्धार गरेर पुनःस्थापनगृहमा लगे पनि भागेर पुरानै अवस्थामा पुग्नु विडम्बना हो । लामो समय सडकमा बसेर कुलतमा लागेका र पटक÷पटक पुनःस्थापनगृहमा लगेर पुनः सडकमै पुग्नेलाई कडा खालका लागूऔषध प्रयोगकर्ता (हार्ड युजर) भनिन्छ । यस्ता बालबालिका र युवा अत्यन्त जोखिममा छन् ।

केन्द्रीय बालकल्याण समिति, सडक बालबालिकासम्बन्धी परियोजनाका कार्यक्रम संयोजक चित्र पौडेलले उनीहरू सिरिञ्ज प्रयोग गर्ने भइसकेपछि धैर्यताको विकास गर्ने बानीमा सुधार गर्न नसकिने बताउनुभयो । तीन वर्षदेखि गरिएको अध्ययनमा यस्ता बालबालिका अहिले युवा अवस्थामा पुगेका छन । तर पुरानै कुलत छाडेका छैनन् । ग्लू सुँघ्नेदेखि सिरिञ्जको प्रयोग हुँदै विभिन्न आपराधिक क्रियाकलापमा समेत उनीहरू संलग्न हुने गरेका कतिपयको स्वास्थ्यसमेत जोखिममा छ । असुरक्षित यौनसम्पर्क र लापरवाहीपूर्ण व्यवहारका कारण उनीहरुमध्ये केहिको हेपाटाइटिस तथा एचआइभी सङ्क्रमण भएका समेत पाइएका छन् ।

केही दिनअघि मात्रै बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँ र केन्द्रीय बालकल्याण समितिले काठमाडाँैको ज्याठा, ठमेल, बालाजुलगायत क्षेत्रमा रातभर लगाएर सडक बालबालिकाको खोजी ग¥यो । अभियानमा बालबालिकासहित २४ जनालाई उद्धार गरेको थियो । जसमा पाँचजना किशोरी र बालिका रहेको बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउनुहुन्छ ।

“उद्धार गरिएकामा सात वर्षदेखि २६ वर्ष उमेर समूहका छन् । उनीहरूमध्ये आधा पहिले पनि उद्धार गरी पुनःस्थापना गृहबाट भागेका फेला परे”, उहाँ भन्नुहुन्छ । कडा खालका लागूऔषध प्रयोगकर्ताहरु सडकमा आपराधिक क्रियाकलापमा संलग्न हुने, चोरी र लुटपाटमा संलग्न हुने गरेकाले पुनःस्थापन गृहमा बस्न मान्दैनन् । भागेर फेरि त्यही सडकमा पुग्छन् । पहिलेका सडक बालबालिका अहिले युवा बने । अब उनीहरूको भूमिका फेरिन्छ । नयाँ सडक बालबालिकाको प्रयोग गरेर घटना घटाउन उद्यत गराउँछन् ।

यस्तै गर्दा साना बालबालिका पनि कडा खालका लागूऔषध प्रयोगकर्तामा पुग्छन् र सुधार गर्न गाह्रो हुने गरेको अनुभव केन्द्रीय बालकल्याण समितिका कार्यक्रम संयोजक पौडेलको छ । यसरी उद्धार गरिएकामध्ये ४० प्रतिशत भाग्ने गरेका छन् । उनीहरू पुनः त्यही सडकमा पुग्छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार २०७३ साल वैशाखदेखि पुनःस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ । त्यो कार्यक्रमअन्तर्गत अहिलेसम्म ८७३ बालबालिकालाई उद्धार गरिसकिएको जनाइएको छ ।

कतिपय बालबालिका विद्यालय पढ्न जाने, सीप सिकेर काम गर्ने पनि भएका छन् । कतिपय भागेर पुनः सडकमा पुगेका छन् । पछिल्लो तीन महीनामा मात्रै ५० बालबालिकाको उद्धार गरिएको छ । यस क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमका कारण पछिल्लो समय सडक बालबालिकाको सङ्ख्या घटेको समितिको दाबी छ । तर कार्यक्रमले निरन्तरता नपाए यसमा पुनः वृद्धि हुनसक्ने आशङ्का गरिएको छ ।

पुनःस्थापन कार्यक्रम सुस्त
विगतमा सरकारबाट सडक बालबालिका उद्धार र पुनः स्थापनाका लागि रकम विनियोजन हुन्थ्यो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट उद्धार गरिएका लागुऔषध प्रयोगकर्ता सडक बालबालिकाका लागि मासिक रु आठ हजार र सामान्य अवस्थाका सडक बालबालिकाका लागि मासिक रु पाँच हजार रकम आउँथ्यो । उद्धार गरिएका सडक बालबालिकाका लागि त्यतिबेला वार्षिक रु डेढ करोड बजेट सरकारले विनियोजन गरेको थियो ।

उक्त कार्यक्रमले उनीहरूको पुनःस्थापनका लागि सजिलो हुन्थ्यो र उद्धारको कामसमेत प्रभावकारी थियो । तर सङ्घीय व्यवस्थाअनुसार केन्द्रबाट जिम्मेवारी स्थानीय तहमा पुगेपछि अहिले यस क्षेत्रमा बजेटको अभाव देखिएको छ । बजेट अभावका कारण काम सुस्त भएको बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउनुहुन्छ । उहाँका अनुसार बजेट नभएकाले प्रभावकारी काम गर्न सकिएको छैन । हालसालै मात्र राष्ट्रिय युवा परिषद्ले सहयोगको आश्वासन दिएपछि उक्त कार्यक्रमलाई अगाडि बढाउने योजना बनाइएको राजभण्डारीको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : १५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक