२०८३, ३० आश्विन शनिबार

शेयर बजार सामान्य बिन्दुले बढ्यो

शेयर बजार सामान्य बिन्दुले बढ्यो


काठमाडौँ, १३ कात्तिक: लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार २२४ दशमलब ४३ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ५८ बिन्दुले बढेर २६० दशमलब ४३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भएको भएपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको नौ लाख २४ हजार ६६५ कित्ता शेयर रु २२ करोड १८ लाख चार हजार ४०६ मूल्यमा खरिद बिक्री भएको छ ।

आज कारोवार भएका दश उपसमूह मध्ये तीन उपसमूहको शेयर भने घटेको छ भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १२ दशमलब ८२, जलविद्युत् पाँच दशमलब चार र माइक्रोफाइनान्स एक बिन्दुले घटेको छ । यस्तै बैंकिङ नौ दशमलब १२, विकास बैंक १० दशमलब २१, वित्त शुन्य दशमलब ३९, निर्जीवन बीमा २२ दशमलब ९९, उत्पादन १३ दशमलब शुन्य तीन, अन्य पाँच दशमलब १३ र जीवन बीमा २३ दशमलब ६७ बिन्दुले बढेको छ ।

स्टककाअनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् भने अपि पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : ५९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा