२०८३, ३० आश्विन शनिबार

अस्पतालमा राजनीति नगर्न मुख्यमन्त्री शाहीको आग्रह

अस्पतालमा राजनीति नगर्न मुख्यमन्त्री शाहीको आग्रह


सुर्खेत, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले उक्त अस्पतालमा जनशक्तिदेखि उपकरणसम्म व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्री दल रावलले कर्णालीवासीको जनस्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा सरकार केन्द्रीत हुनुपर्ने बताउनुभयो । अस्पतालका प्रमुख प्रा डा डम्बर खड्काले प्रदेश अस्पतालको स्तरोन्नति कर्णाली सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने विचार व्यक्त गर्नुभयो । विसं २०६२ मा ५० श्ययाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालका रुपमा रुपान्तरण गरिएको थियो । अस्पतालले हाल ११५ श्ययाबाट सेवा उपलब्ध गराउँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : २८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा