२०८३, ७ कार्तिक शनिबार

कस्तो छ प्रधानमन्त्रीलाई ?

कस्तो छ प्रधानमन्त्रीलाई ?


काठमाडौं, कार्तिक १३ : छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरुले प्रयास गरिरहेको बताए ।दसैँको भिडभाडकै कारण मौसमी फ्लुको संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमानै उपचार गरेका थिए ।तर, रगतमा सुगरको मात्रा बढेपछि त्यसलाई नियन्त्रण गर्न असफल भर्ना गरियो ।

प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । उनीमा स्वाइनफ्लु नगेटिभ छ । ज्वरो भने आएको छैन ।स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले पनि प्रधानमन्त्रीको मुटु र मिर्गौलामा समस्या नरहेको बताएका छन् ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ४५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने