२०८२, ४ पुस शुक्रबार

काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै

काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै


दोलालघाट १२ कात्तिक : काभ्रेको ज्याम्दीमा दोस्रो जुफा कप फुटबल प्रतियोगिता शुरु भएको छ । गत शुक्रबार देखि शुरु भएको प्रतियोगितामा चौध टिम प्रतिष्पर्दामा उत्रेका छन् ।

ज्याम्दी युनाइटेड फुटबल एशोसिएसन जुफा ले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर हरेक वर्ष जुफा कप फुटबल प्रतियोगिता आयोजना गदै आइरहेको छ । यस वर्षको प्रतियोगिता भने कार्तिक ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि यूवा संघ नेपालका कोषाध्यक्ष अमित लामाले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गदै लामाले देश विकासको मेरुदण्ड भनेकै यूवा वर्ग भएकाले सबै यूवाहरु परिवर्तनको अभियानमा लाग्नुपर्ने बताएका छन् । यसैगरी कार्यक्रममा जिसस काभेका सदस्य प्रेम लामा, नेकपा काभ्रेका सदस्य एवं यूवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा नेकपा ज्याम्दीका यूवा नेता भिम लामाले समाज परिवर्तनमा यूवाहरुले खेल्नुपर्ने भुमिकाका विषयमा मन्तव्य राखेका थिए ।

भुम्लु गाउँपालिका १० ज्याम्दीको देउराली खेलमैदानमा फुटबल प्रतियोगिता भैरहेको छ । फुटबल शुरु भएसंगै त्यस भेगका स्थानीयहरु दैनिक रुपमा खेलमा रम्दै आइरहेका छन् । प्रतियोगिातमा प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार नगद तथा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

आयोजक संस्थाका अध्यक्ष टिकाराम लामाले उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ खेलाडि, उत्कृष्ठ मिल्डफिल्टर, उत्कृष्ठ किपर र अन्य खेलाडीहरुलाई समेत सम्मान गर्ने खबरघरलाई बताए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितारण कार्तिक १९ गते नेपाल सरकारका सुचना, सञ्चार तथा प्रविधी मन्त्री श्री माननीय गोकुलप्रसाद बाँस्कोटाले गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  १० : १२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको