२०८२, १७ माघ शनिबार

गौचनको हत्यामा संलग्न तीन पक्राउ

गौचनको हत्यामा संलग्न तीन पक्राउ


काठमाडौँ, १२ कात्तिक: महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । महाशाखाले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई आज पक्राउ गरेको हो ।

महाशाखाले आजै पत्रकार सम्मेलन गरी युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र गौचन हत्यामा संलग्नलाई पक्राउ गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले गौचनको हत्याका सुटरको रुपमा अम्बरबहादुर राना र तिवारीको हत्याको सुटरका रुपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “विसं २०७३ चैतमा काठमाडौँ बौद्धस्थित दिव्य पार्टी प्यालेसको जिम क्लबअगाडि दावा लामालाई गोली प्रहार गर्नेसमेत अम्बरबहादुर राना नै रहेको अनुसन्धानमा खुलेको छ,”उहाँले भन्नुभयो ।

लामा र गौचनको सुटर राना विस २०७२ मा कालीध्वज गण, इलामबाट नेपाली सेनाका भगौडा सिपाई रहेको महाशाखाले जनाएको छ । यी तीनैजना कारागारमा रहेका समिरमानसिंह बस्नेत र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा विभिन्न समयमा हत्या र ज्यान मार्ने उद्योगमा संलग्न रहेको महाशाखाले जनाएको छ । प्रहरीले यसअघि घटनामा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ गरेपनि मुख्य सुटर भने पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका तीनैजनालाई मङ्गलबार (भोलि) काठमाडौँ जिल्ला अदालतमा बुझाइने महाशाखाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ९ : ३० बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको