२०८३, २५ आश्विन सोमबार

शिक्षामा लगानी गर्न जोड : नेता नेपाल

शिक्षामा लगानी गर्न जोड : नेता नेपाल


काठमाडौँ, १२ कात्तिक : पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देश विकास र समृद्धिको मुख्य आधार शिक्षा रहेको बताउनुभएको छ । अम हुँग गिल ह्युमन फाउन्डेशनले आज यहाँ आयोजना गरेको विद्यालय भवनको शिलान्यास कार्यक्रममा नेता नेपालले प्रत्येक घरको नागरिक शिक्षित नभएसम्म देश विकास सम्भव नहुने भन्दै सबैलाई शिक्षामा लगानी गर्न आग्रह गर्नुभयो ।

दक्षिण कोरियाका नागरिकसँगको कडा परिश्रम तथा संस्कृति हामी नेपालीले पनि सिक्न लायक रहेको बताउँदै नेता नेपालले कोरियाका विद्यार्थीले गरेको सहयोगलाई एक उपयुक्त अवसर मानी समयको सदुपयोग गर्न सबै नेपाली विद्यार्थीलाई आग्रह गर्नुभयो । ह्युमन फाउन्डेशनको आर्थिक सहयोगमा शङ्खरापुर नगरपालिका–३ स्थित सञ्चालित कालिका शरण माविको १० कोठे विद्यालय भवन, १४ कोठे छात्रावास भवन र एक सामुदायिक भवन आगामी एक वर्षभित्र निर्माण गर्ने योजनासहित आज शिलान्यास गरिएको छ ।

कार्यक्रममा दक्षिण कोरिया छल्ला नाम प्रान्ताका शिक्षा प्रमुख छाङ सक उङ् हुँले तामाङ बस्ती धेरै रहेको काठमाडौँको विकट मानिने यस स्थानमा विद्यालय भवन निर्माणमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभव सुनाउनुभयो ।

अम हुँग गिल ह्युमन फउन्डेशनका कार्यकारी निर्देशक अम होंङ गिलले विगत १० वर्षको अवधिमा आफ्नो संस्थाको सहयोगमा १४ वटा विद्यालयको भवन निर्माण सम्पन्न गरिसकेको र तीन वटा निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुभयो । कूल रु चार करोड ३० लाख लागत रहने उक्त विद्यालय भवन दक्षिण कोरियाको छल्ला नाम प्रान्तका विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकले चन्दा सङ्कलन गरी निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा कोरियाबाट आएका विद्यार्थीले कालिका शरण माविको दीर्घकालीन विकासका लागि आफूहरु सधँै तयार रहने बताएका छन् । कार्यक्रममा कोरियाबाट ६१ विद्यार्थीसहित ७५ जनाको सहभागी रहेका थिए । संस्थाले उक्त विद्यालयलाई बालबालिकाका लागि खेल्ने सामग्री पनि उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ९ : ०८ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र