२०८२, २५ असार बुधबार

क्रिकेट उपाधि देवीघाट क्लबलाई

क्रिकेट उपाधि देवीघाट क्लबलाई


नुवाकोट, १२ कात्तिक: जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले पराजित गरी उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको देवीघाटले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । देवीघाटका तर्फबाट विकास चित्रकारले नकआउट १८ रन, दिनेश चित्रकारले नटआउट १५ रन, राजेश रिमालले १५ रन र भेषराज रिमालले १३ रन बनाए । बलिङतर्फ नक्षत्रका प्रसिद्ध खड्का र राजन अधिकारीले २–२ विकेट र अभियान बस्नेत र सौरभ कुँवरले १–१ विकेट लिए ।

एक सय ३५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नक्षत्र १९ ओभरमा अलआउट हुँदै १०७ रन बनाउँदा २७ रनले पराजय भोग्न बाध्य भयो । नक्षत्रका तर्फबाट अभियान बस्नेतले ३२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ देवीघाटका विकास चित्रकारले ३ विकेट र विकास लामिछानेले २ विकेट लिए । प्रतियोगितामा खेलमा देवीघाटका विकास चित्रकार म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गेका जीवन सिलवाल, बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देवीघाटका विकास चित्रकार घोषित भए । प्रतियोगिता कात्तिक १० गतेदेखि शुरु भएको थियो । प्रतियोगिताका विजयीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगद र ट्रफी वितरण गर्नुभयो । प्रतियोगितालाई पहिलो हुनेलाई रु. १० हजार र दोस्रो हुनेलाई रु ४ हजार पुरस्कार प्रदान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ४८ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज