२०८३, १६ आश्विन शनिबार

भक्तपुरमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ

भक्तपुरमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ


भक्तपुर, १२ कात्तिक: “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नारासहित भक्तपुरमा शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले तीन पुरका घटनाले प्रहरीको साख गिरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “पछिल्लो समयमा तीन पुरका घटनाले प्रहरीको शाख गिरेको छ, कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरण, भक्तपुरको अपहरणपछिको हत्या प्रकरण र भरतपुरको टेप्पो काण्डबाट प्रहरीले पाठ सिकेर अघि बढ्नु पर्छ ।”

शान्ति सुरक्षामा प्रहरीका अलवा सबै समुदाय, नागरिकहरुको सक्रिय सहभागिता एवं भूमिका आवश्यक रहेको चर्चा गर्दै उहाँले समुदायसँग हातेमालो गर्दै प्रहरी अगाडि बढ्दा अपराध न्यूनीकरणमा सफल हुने धारणा राख्नुभयो । कार्यक्रममा मध्यपुर नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रहरीलाई देखेर नागरिक डराउनुपर्ने र नागरिकलाई प्रहरीले तर्साउनुपर्ने अवस्था आउनु नहुनेमा जोड दिनुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले प्रहरीले समुदायसँग सहकार्य र समन्वय गरेर शान्ति सुरक्षा कायम गर्ने बताउँदै प्रहरी सबैको साथी भएको बताउनुभयो ।

थिमि बृत्तका प्रमुख मिलन केसी, प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा, धुन्चे मगरगाउँ टोल सुधार समितिका अध्यक्ष तारानाथ लम्साल, गठ्ठाघर सामुदायिक प्रहरीका अध्यक्ष सुरेन्द्र बोगटी र प्रहरी नायव निरीक्षक भगवान भण्डारीलगायतले प्रहरी र नागरिकको बारेमा चर्चा गर्नुभएको थियो ।

सांस्कृतिक एवं कलाकार सम्मान
युवा वर्गलाई खेलकुदमा लगाएर खेलको विकास गर्ने उद्देश्यले बालकोटका युवाले खेलकुदको विकासका लागि सांस्कृतिक साँझ २०७५ को आयोजना बालकोट चोकमा कात्तिक २७ गते गर्ने भएको छ ।

अनन्तलिङ्गेश्वर खेलकुद क्लबले आज आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दिपेश श्रेष्ठले, “कलाकार राष्ट्रका गहणा हुन् कलाकारलाई सम्मान गरौं” भन्ने नाराका साथ कलाकार ईश्वर अमात्यलाई नगदसहित सम्मान गर्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ५४ बजे

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको