२०८३, २ कार्तिक सोमबार

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत


कतार, १२, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा आइपुग्नु भएको छ। राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गर्नु भएको थियो। मन्त्री अलनोएमीले स्वागत गर्नु अघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा हुनुहुन्छ । राष्ट्रपति भण्डारी विमानस्थलबाट सिधै उहाँलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गर्नु भएको छ । आजै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ३१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा