२०८२, २९ असार आईतबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर


काठमाडौँ, १२ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे आज साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । उहाँलाई छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा आज बिहान ०४ः३० बजे भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : २१ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म