२०८१, २ फाल्गुन शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्री यादवको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्री यादवको निर्देशन


काठमाडौँ, १२ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उहाँले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिनुभएको हो ।

निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ५० पैसा, डिजेलमा नौ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी रहेको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर रु ११४, डिजेल रु १०१ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ४०० तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक रु दुई अर्ब आठ करोड घाटा हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : २९ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले