२०८३, ११ कार्तिक बुधबार

प्रदेश नं ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने

प्रदेश नं ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने


चितवन, ११ कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ । पत्रकारसँग आज उहाँले भन्नुभयो, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेख गर्नुभयो । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उहाँले ढिलो नभएको दावी गर्नुभयो ।

प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उहाँले भन्नुभयो, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उहाँले ऐन कानून बनिनसक्दा केही असहज भए पनि काम गर्न रोकावट नभएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ८ : ५९ बजे

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

दिनेश त्रिपाठीको प्रश्न : आनीको नियुक्तिविरुद्ध बोल्दा नागरिक पक्राउ, सरकार संविधानभन्दा माथि छ ?

भैरहवा । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा