२०८३, ४ कार्तिक बुधबार

आयोगको भूमिका प्रभावकारी बन्न सकेन : मुख्यमन्त्री शाही

आयोगको भूमिका प्रभावकारी बन्न सकेन : मुख्यमन्त्री शाही


सुर्खेत, ११ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । ‘‘अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो’’, उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गरोस्, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाओस् ।”

आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्यमैत्री योजना निर्माण, अनुगमन, मुल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आयोगसँग मुलुकको विकासको स्पष्ट खाका, समग्र तथ्याङ्क हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली सरकारले चालू वर्षलाई सम्भाव्यता अध्ययनका रुपमा लिइएको बताउनुभयो । ‘‘यो वर्ष हामी अध्ययन गर्छौ, प्रदेश र नेपाल सरकारको बजेटबाट कति काम गर्न सक्छौ । त्यसको लेखाजोखासँगै विदेशी लगानीकर्तालाई लगानीका आव्हन गर्छौँ’’ उहाँले भन्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारबीच द्वन्द्व नभई आपसी समन्वय हुन सकेमात्र सङ्घीयता सफल हुने बताउनुभयो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, आयोगका उपाध्यक्ष डा पुष्प कँडेल तथा सदस्यद्वय मीनबहादुर शाही र सुशील भट्टले कर्णालीको विकास र आयोगको भूमिकाका सन्दर्भमा आफ्नो विचार व्यक्त व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ७ : ३८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा