२०८३, २९ आश्विन शुक्रबार

विकासका लागि शान्ति सुरक्षा : मुख्यमन्त्री शाही

विकासका लागि शान्ति सुरक्षा : मुख्यमन्त्री शाही


सुर्खेत, ११ कार्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताउनुभयो । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पूरा नहुने बताउँदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न जरुरी रहेको बताउनुभयो ।

‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारासहित आइतबारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । सुरक्षाको प्रत्याभूति विना समाजमा कसैले पनि केही काम गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको मौलिक हकको रुपमा रहेको शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले सङ्घीय प्रहरी ऐन निर्माणमा भएको ढिलाइका कारण प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मेवारी लिन नसकेको प्रष्ट गर्नुभयो । ‘‘ऐन नबनेका कारण प्रदेश सरकार प्रहरीविहीन छ’’ मुख्यमन्त्री शाहीले भन्नुभयो, “शान्ति सुरक्षाको जिम्मेवारी प्राप्त भएको १५ दिनभित्रै जनताले महशुस गर्ने गरी काम हुन्छ ।” कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भयरहित र सुरक्षित समाज निर्माणका लागि हरेक नागरिकको दायित्व भएको बताउँदै मन्त्री भण्डारीले समुदाय र प्रहरीको साझेदारीले मात्र सुरक्षित समाज निर्माण हुने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ६ : ०८ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा