२०८२, २६ असार बिहीबार

केही दिनभित्रै तल्लो तहसम्म कमिटी बन्छ : अध्यक्ष दाहाल

केही दिनभित्रै तल्लो तहसम्म कमिटी बन्छ : अध्यक्ष दाहाल


चितवन, ११ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटीको तल्लो तहसम्मको एकता टुङ्गिने छ ।” देशभित्र र बाहिरको शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरेको बताउँदै उहाँले त्यसो हुन नदिने बताउनुभयो । हजारौँको बलिदानी र लाखौँको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कुनै पनि शक्तिले कमजोर पार्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “आफ्नो ठाउँबाट जे जस्तो त्याग गर्न परेपनि म तयार छु भनेर हामीले कम्युनिष्ट भावना देखायौँ भने कसैले परास्त गर्न सक्दैन ।”

नेपालमा विकासको युगको शुरुवात भएको भन्दै उहाँले आठ÷दश वर्षमा ठूलो परिवर्तन देखापर्ने बताउनुभयो । पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सरकार गम्भीर ढङ्गले अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “पूर्वाधार, रोजगारी, उत्पादनको क्षेत्रमा क्रान्तिकारी जग बसाउन जरुरी छ ।” भारत र चीनसँगको सम्बन्ध अहिलेको सरकारले सुमधुर बनाएको भन्दै उहाँले भन्नुभयो “छिमेकीहरुको अवस्था कस्तो हुन्छ भन्ने कुराले नेपालको स्थिरता र विकासका विशेष अर्थ राख्छ ।” नयाँ सरकार बनेपछि दुई देशबीचमा निकै सकारात्मक प्रगति भएको भन्दै नेपालको विकासका निम्ति आवश्यक राजनीतिक वातावरण बनेको बताउनुभयो ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले भौतिक विकास र मानवीय विकास सँगसँगै अघि लैजानुपर्ने बताउनुभयो । विकास, समृद्धि र सामाजिक न्यायका माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्नुपर्ने भन्दै उहाँले समाजवाद संविधानले समेत सुनिश्चित गरेको बताउनुभयो । महासचिव पौडेलले आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो । विकासको गति र योजना तीब्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो । दुई महीनामा सरकारले रेल सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै केही समयमै जनताले अनुभूति गर्न पाउने बताउनुभयो । तीन वटै सरकारको समन्वय र सहकार्यबाटै विकास र गन्तव्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डे, अमिक शेरचन, नारायण दाहाल, आनन्द पोखरेल, कृष्ण खनाल, ईश्वरी भट्टराई, कृष्णभक्त पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ६ : ०२ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार