२०८३, ३० आश्विन शनिबार

कृत्रिम गर्भाधान गर्ने बढ्दै

कृत्रिम गर्भाधान गर्ने बढ्दै


काठमाडौं,कात्तिक ११ :बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ ।

ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ । बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ । बाँझोपन समस्या हटाउन कम गर्न प्रयोग हुने यो प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयोगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।

सीमित ठाउँको सेवा खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन् । निःसन्तानका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन् । थापाथलीस्थित प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण क्रृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ७ : १० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा