२०८१, १० माघ बिहीबार

सांस्कृतिक पर्वले नेपालीलाई एकतामा बाँधेको छ : प्रचण्ड

सांस्कृतिक पर्वले नेपालीलाई एकतामा बाँधेको छ : प्रचण्ड


काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभएको छ । नेकपाले विसं २०७५ को वडादशैँ, तिहार, नेपाल सम्वत् ११३९ नयाँ वर्ष, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको छ । यसलाई नेपालीले गौरव गर्न सक्छन्, गौरवान्वित भएका छन् ।” नेपाल जनसङ्ख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक रहेको र सबै जातजातीबीच सद्भावसमेत रहेको उल्लेख गर्नुभयो ।

नेपाल राजनीतिकरुपमा नयाँ कालखण्डमा प्रवेश गरेको र समाजवादको नयाँ युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको बताउनुभयो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपाले पहिलो पटक आयोजना गरेको चियापान कार्यक्रम देशभर नै आयोजना भइरहेको र त्यसले राजनीतिक सक्रियतासमेत बढाएको उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय तहमा पार्टी एकताको काम ढिलो भए पनि समाजमा राजनीतिक गतिविधि र कार्यक्रमलाई जीवन्तता प्रदान गरेको उहाँको भनाइ थियो ।

यसैबीच अध्यक्ष दाहालसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीले आज भेट गर्नुभएको छ । भेटमा दुई देश र पार्टीबीचको सम्बन्धलाई अझै मजबुद बनाएर लैजाने विषयमा छलफल भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : ५५ बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको