२०८३, २५ आश्विन सोमबार

संविधान र सङ्घीयता कार्यान्वयन हुन सकेन: उपसभापति निधि

संविधान र सङ्घीयता कार्यान्वयन हुन सकेन: उपसभापति निधि


काठमाडौँ, १० कात्तिक: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाउनुुभएको छ । नेपाली काँग्रेस २ नं. क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले संविधानका अनुसूचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट हुन्छ भन्नुभयो ।

उहाँले सरकार संविधान, सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा सरकारले दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाउनुभयो । नेपाली काँग्रेसका अर्का नेता रमेश लेखकले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार जनताको जीउधन र शान्ति सुरक्षा दिन असफल भएको दाबी गर्नुभएको छ ।

क्षेत्रीय सभापति नारायणभक्त खायमालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले एकता, सहमति र सहकार्य लोकतन्त्र सुदृढीकरणको मूलमन्त्र भएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मध्यपुर र सूर्यविनायक नगरपालिकाका २५० प्रतिनिधि सम्मेलनमा सहभागी छन् । सम्मेलनले सहभागी प्रतिनिधिसँग रचनात्मक सुझाव सङ्कलन गर्नेछ । फोटो संलग्न छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : २९ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई