२०८३, ३० असार बुधबार

पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेकाे ७५ अर्ब दिएन

पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेकाे ७५ अर्ब दिएन


काठमाडौं , कात्तिक १०: भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ। भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो। भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (दाता सम्मेलन) मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन्। उनले पाँच वर्षभित्र सबै रकम उपलब्ध गराइसक्ने प्रतिबद्धतासमेत जनाएकी थिइन्। त्योमध्ये अहिलेसम्म भारतले २ प्रतिशत रकम मात्रै दिएको छ। उसले अर्थ मन्त्रालयमार्फत २०७५ साउन ११ मा २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। सम्मेलनका बेला विदेशमन्त्री स्वराजले घोषणा गरेकोबाहेक भारतले दिने नियमित सहयोग पनि कायम रहने बताएकी थिइन्। तर सहयोग घोषणामै सीमित बनेको छ।

एक्जिम बैंकमार्फत दिने भनिएको ७५ अर्ब रकम नआउने भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पुष्टि गरे। ‘एक्जिम बैंकको ७५ अर्ब नआउने भयो, भारतले दिने अनुदानको रकम पनि ढिलो गरी आउँदै छ’, उनले भने।

यद्यपि एक्जिम बैंकले दिने भनेको रकम अन्यत्र प्रयोग गर्ने र उक्त रकम शोधभर्नामार्फत पुनर्निर्माणमा उपयोग गर्ने प्रयास पनि भइरहेको ज्ञवालीले बताए। भारतको सर्तका कारण एक्जिम बैंकको रकम प्रयोग गर्न नसकिएको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको भनाइ छ। ‘भारतकै डिजाइनमा संरचना निर्माण गर्नुपर्ने एक्जिम बैंकको प्रावधान छ, त्यसअनुसार यहाँ पुनर्निर्माणको काम हुन सक्दैन’, उनले भने, ‘त्यसैले एक्जिम बैंकको रकम प्रयोग हुन नसकेको हो।’

फेरि दाता सम्मेलन
दाताले घोषणा गरेको ४० प्रतिशत रकम पनि नआएको अवस्थामा सरकार फेरि दाता सम्मेलन गर्न तम्सिएको छ। सम्मेलनमार्फत दाताले गरेको घोषणा र सम्झौताको समीक्षा गर्दै थप सहयोग लागि आग्रह गरिने सरकार सम्बद्ध अधिकारीको भनाइ छ।भूकम्पको दुई महिनापछि २०७२ असारमा ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (दाता सम्मेलन) भयो। भारत, चीनदेखि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग घोषणा गरे। तर दातासँग अहिलेसम्म २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ।

भारतले दिने भनेको एक खर्बमध्ये ७५ अर्ब रुपैयाँ नदिने टुंगो लागेपछि दाताबाट पुनर्निर्माणका लागि १ खर्ब ८७ अर्ब रुपैयाँ मात्रै आउने भएको छ। पुनर्निर्माणका लागि विदेशी सहयोगको आवश्यकता पहिचान गरिरहेको प्राधिकरणका उपसचिव दिव्यराज पोखरेलले बताए। गैरआवासीय नेपाली संघ (एनआरएनए), आईएनजीओलगायत विदेशी दातासँग छिट्टै सम्मेलन गर्ने तयारी भइसकेको उनले जानकारी दिए।दाता सम्मेलनपछि अपेक्षाकृत सहयोग नआए पनि अरू विकल्प नरहेको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. श्रेष्ठको भनाइ छ। ‘डोनरको बिटर अनुभव छ। तर पुनर्निर्माणका लागि ठूलो लगानी चाहिएकाले माग्नुको विकल्प पनि छैन’, उनले भने।

कतिपय दाताले दिए जस्तो देखाउन घोषणा गर्ने गरेको र अन्ततः नदिने गरेको उनले बताए। ‘केही संस्था यस्ता छन्, जोसँग पैसा नै हुँदैन, दिए जस्तो गर्न उनीहरू बोलिदिन्छन्’, उनले भने, ‘कतिपय दाताले भने हामीले पूरा गर्नै नसक्ने सर्त राख्छन्।’पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रकम लाग्ने प्रारम्भिक अनुमान थियो। दातासँग भएको सम्झौतासमेत गरी पुनर्निर्माणका लागि अझै ६ खर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणका सीईओ ज्ञवालीले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : ०६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै