२०८३, १० कार्तिक मंगलबार

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत


इटहरी, कात्तिक १०: गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ‘साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ’ भनेर बाहिर निकाले । उनले ती बालिकालाई गोप्य छ भनेर नजिकै रहेको दुर्गा मन्दिर छेउमा लगे । दुर्गा मन्दिर एकान्त स्थानमा छ । नृत्य सिकाउने गुरु, त्यसमाथि पनि गाउँकै दादा भएकाले बालिकाले उनको प्रस्तावलाई स्वीकार गरिन् ।

जबरजस्ती करणीको योजना बनाएर बालिकालाई साथीसँग छुटाएर सोही ठाउँका २१ बर्षीय नविन विकले एकान्त स्थलमा लगे । त्यसपछि बालिकालाई सिधै प्रस्ताव राख्दा उनले अस्विकार मात्र गरिनन् । सक्नेसम्म प्रतिकार गरिन् । बालिका ठूल्ठूलो आवाजमा रोइन् कराइन् । आफूमाथि कुकृत्य गर्ने युवाको अनुहार पूरै चिथोरिन् । तर, एकान्त स्थान भएकाले गर्दा कसैले सुनेनन् । त्यति गर्दा पनि विकले बालिकालाई हल्ला गरे ढुंगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरे ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ६ : ५६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा