२०८२, ४ कार्तिक सोमबार

अन्तरदेशीय विद्युतीय सम्पर्क सञ्जाल विस्तारमा जोड : सञ्चारमन्त्री बाँस्कोटा

अन्तरदेशीय विद्युतीय सम्पर्क सञ्जाल विस्तारमा जोड : सञ्चारमन्त्री बाँस्कोटा


काठमाडौँ, ९ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डिजिटल कनेक्टिभिटीमा साझा अवधारणाका साथ अघि बढ्ने बताउनुभएको छ । भारत सरकारको सञ्चार मन्त्रालयको निमन्त्रणामा नयाँ दिल्लीमा यही कात्तिक ८ देखि १० गतेसम्म आयोजित भारतीय मोबाइल कङ्ग्रेस –२०१८ र मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दक्षिण एशिया र दक्षिण पूर्वी एशियाको गौरवपूर्ण इतिहास, ज्ञानले भरिपूर्ण पूर्वीय दर्शनको विस्तारमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसका लागि प्रविधिको उच्चतम उपयोग गरिनेछ भन्नुभयो ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालमा लामो संक्रमणकालपछि राजनीतिक स्थायित्व आएको र स्थिर सरकार बनेको अवस्थामा अबको नेपालको यात्रा “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने रहेको बताउँदै यसमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) र आसियनका सञ्चारमन्त्रीहरु सहभागी रहेको उक्त सम्मेलनमा मन्त्री बाँस्कोटाले विपद् व्यवस्थापनका लागि क्षेत्रीय रुपमा साझा कार्ययोजना बनाइ यस क्षेत्रको डिजिटल डिभाइडलाई कम गर्न र हरित सूचना प्रविधिको विकास तथा विस्तार गर्न एवम् यस क्षेत्रमा क्षमता अभिवृद्धि गर्न सहकार्य गर्नुपर्नेलगायत विषयमा धारणा राख्नुभएको थियो ।

त्यसैगरी मन्त्री बाँस्कोटाले साउथ एशिया सुब्रिजनल इकोनोमिक कर्पोरेसन इन्फरमेसन हाईवे विस्तार गरी यस्तै अर्को प्रकारको कुनै परियोजनामार्फत यस क्षेत्रका देशहरुलाई जोड्नुपर्ने बताउनुभएको थियो । काठमाडौँमा आयोजित चाँैथो बिम्स्टेकको घोषणापत्रमा उल्लेख भएअनुसार यस क्षेत्रको विकास र समृद्धिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ, सोका लागि एक कार्यदल गठन गर्नुपर्ने तथा टेलिफोनका रोमिङ र टेलिफोन दर घटाउन सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा सञ्चारमन्त्री बाँस्कोटा र भारतीय सञ्चार राज्यमन्त्री (स्वतन्त्र प्रभाग) र रेल राज्यमन्त्री मानेज सिन्हाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका साथै सञ्चारका क्षेत्रमा दुई देशबीच आपसी हित र राष्ट्रको प्राथमिकताका आधारमा सहयोग तथा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । सञ्चार क्षेत्रमा आपसी हितमा साझा कार्य तथा राष्ट्रिय प्राथमिकताको क्षेत्र निर्धारण गरी सोही आधारमा मिलेर काम गर्नुपर्छ भन्नेबारे आफूहरुबीच छलफल भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ५४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,