२०८३, १० कार्तिक मंगलबार

बाढीमा परी जोर्डनमा २० को मृत्यु, अधिकांश बालबालिका

बाढीमा परी जोर्डनमा २० को मृत्यु, अधिकांश बालबालिका


अम्मान, ९ कात्तिक जोर्डनमा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अधिकांश विद्यालयका छात्रछात्राहरू रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

स्थानीय एक पत्रिकाले यस घटनालाई दुःखान्त घटनाको संज्ञा दिएको समाचारमा जनाइएको छ ।  घटनामा परी अरु ३५ जना घाइते भएका छन् । बिहीबार आएको अत्यधिक बर्षाका कारण जोर्डनमा बाढी आएको हो ।

घटनामा परेकाहरूलाई खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरूलगायतका विभिन्न निकायका उद्धारकर्ता तथा सहयोगीहरू घटनास्थलमा पुगेका थिए ।  घटनास्थलमा अहिले पनि सुरक्षाकर्मीहरूले हराइरहेका आठ जनाको खोजी गरिरहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

पश्चिमी अम्मानदेखि झण्डै ५० किलोमिटर टाढा पर्ने सो घटनास्थल पर्यटनका लागि लोकप्रिय क्षेत्र मानिन्छ ।  मृत्यु भएका मध्ये अधिकांश ११ देखि १४ बर्षका रहेका थिए । उनीहरू विद्यालयबाट भ्रमणका लागि त्यस तर्फ गएका थिए ।

विद्यार्थी बोकेको बस बाढीले बगाएको थियो ।
यति ठूलो संख्यामा आफ्ना नागरिकको निधन भएपछि जोर्डनका राजा अब्दुल्लाह द्धितीयले बहराइनको भ्रमण स्थगित गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ४५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा