२०८३, २१ आश्विन बिहीबार

मादल बनाएर गुजारा चलाउदै रामप्रसाद

मादल बनाएर गुजारा चलाउदै रामप्रसाद


कावासोती, ९ कात्तिक नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ ।

मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षदेखि मादल बनाउँदै आउनुभएका उहाँको गुजार यही पेशाबाट चल्दै आएको छ । मादल बनाएर वार्षिकरुपमा नेपालीले रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “मादलको माग अत्यधिक छ,” उहाँले भन्नुभयो । चाडपर्वमा उहाँलाई मादल बनाउन भ्याइनभ्याई छ । अन्य समयमा भने काम कम मात्रमा आउने गरेको छ ।

“मादलका लागि प्रयोग हुने काठको अभाव छ,” नेपालीले भन्नुभयो । काठ गोर्खाबाट मगाउने गरेको उहाँको भनाइ छ । खिर्रो, मौवा, थमरी, सल्ला, साल, सिसौ र सिमलको काठबाट मादलको ढुङ्ग्रो बनाइन्छ । साल र सिसौभन्दा खिर्रो, मौवा, थमरी र सल्लाको काठ मादलका लागि राम्रो मानिन्न्छ । मादल बनाउन काठ, छाला र खरी आवश्यक पर्छ ।

सानो मादल रु एक हजार ५०० तथा ठूलो मादल रु पाँच हजार ५०० सम्ममा बिक्री हुन्छ । पुरानो मादलमा खरी हालेको रु ६५० देखि रु एक हजार ५०० सम्म लाग्ने उहाँले बताउनुभयो । काठबाहेक छालासहित मर्मत गर्दा रु एक हजार ५०० देखि रु पाँच हजार ५०० सम्म खर्च लाग्ने नेपाली बताउनुहुन्छ । एक दिनमा दुई मादल बनाउन सकिने र खरी तयार भएमा ६ वटासम्म मादलमा खरी भर्न सकिने नेपालीले बताउनुभयो । अन्य पेशाभन्दा उहाँलाई अहिले यही पेशा सजिलो भएको छ ।

बुबाबाट मादल बनाउने काम सिकेको नेपालीले बताउनुभयो । “हातमा भएको सीप यही हो, यसैमा रमाएको छु”, उहाँले भन्नुभयो, “हातमा सीप भए बेरोजगार भएर बस्नु पर्दैन रहेछ । यही पेशाको आम्दानीबाट छोरा, छोरीलाई पढाउनेदेखि घर खर्च सबै चलाउँदै आएको छु ।” रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  २ : ४५ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक