२०८३, १३ आश्विन बुधबार

काभ्रेका क्रसर उद्योगहरुलाई समस्या हुने, ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्ने

काभ्रेका क्रसर उद्योगहरुलाई समस्या हुने, ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्ने


काठमाडौँ, ९ कात्तिक सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो ।

उहाँले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको बताउनुभयो ।

समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् ।

मन्त्रालयको यो निर्देशनले काभ्रेमा संचालन भैरहेको क्रसर उद्योगहरु संकटमा पर्ने भएका छन् । काभ्रेमा विगत लामो समय देखि अवैधानिक रुपमा ढुङ्गा, बालुवा र गिट्टी उत्खनन भैरहेको छ ।

समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताउनुभयो । उहाँका अनुसार समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाणबमोजिम उत्खनन र सङ्कलन भए नभएको राजश्व चुहावट र चोरी निकासी भए नभएको, ढुङ्गा, बालुवा र गिट्टीको मूल्य निर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन सङ्कलनकर्तालाई गराउनेछ ।

समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खननमा रोक लगाउने अधिकारसमेत दिइएको सहसचिव नेपालले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  १२ : ४७ बजे

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो तर नीतिमै अलमल छ : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा

बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’ काठमाडौँ । मुटुरोग विशेषज्ञ