२०८३, २० श्रावण बिहीबार

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा


काठमाडौं, कात्तिक ८ : संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो । मन्त्रिपरिषद् बैठक नबसी उनीहरूलाई कारबाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याइँ गरेको यादवनिकट स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन् । नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह सहरी विकास विज्ञ मानिन्छन् । दुवै सचिवले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : २५ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार