२०८३, ७ भाद्र सोमबार

राष्ट्रपति टम्पद्धारा अमेरिका प्रवेशमा रोक,हिंसा र भोकमारीले गर्दा होण्डुरस छाडनेहरुको लर्को

राष्ट्रपति टम्पद्धारा अमेरिका प्रवेशमा रोक,हिंसा र भोकमारीले गर्दा होण्डुरस छाडनेहरुको लर्को


ल्याटिन अमेरिकी देश होण्डुरसमा वामपन्थी नेता म्यानुअल जेलायाले निर्वाचनमा विजय हाँसिल गरेपछि शान्त थियो । विकासको ढोकाहरु खुल्दै गएका थिए । उनको सम्बन्ध भेनेजुयलाका राष्ट्रपति हयुगो चाभेजसित अति घनिष्ट थियो । होण्डुरस र भेनेजुयलावीचको विकासको साझोदारी मोडल अमेरिकालाई सहि नसक्न भएको थियो ।

होण्डुरस सबैभन्दा बढि हत्या हिंसा हुने देशको सूचीबाट क्रमश हट्दै थियो । तर तत्कालिन अमेरिकी राष्ट्रपति ओबामाले होण्डुरसको वामपन्थी सरकारलाई अनेकौं प्रकारको तिकडम गरि नरम प्रकारको अपदस्त गराई छाडे । उनले अनेर्कौंं षडयन्त्र गरेर संसदमा अल्पमत सावित गर्न लगाएर पदच्युत गरेपछि अहिलेसम्म होण्डुरसमा शान्ति बहाली हुन सकेको छैन ।

मानवअधिकारवादी , आदिवासी अधिकारवादीहरु तथा किसानहरुको हत्याको श्रृंखला चलाएर त्यहाँको लोकतन्त्रलाई पूरै ध्वस्तमात्र गरिएको छैनन् । जल, जमिन र खनिजसमेत प्रत्यक्षरुपमा कब्जा गरेको छ अमेरिकाले । त्यहाँ केवल अमेरिकी कठपुतली सरकारको आकार प्रकारमात्र बाँकी छ ।

अहिले पनि राष्ट्रपति जेलायालाई अपदस्त गरेको झण्डै १२ वर्ष भैसक्यो । अमेरिकी हस्तक्षेप झन बढेर गएको छ । प्रतिक्रियावादी सत्ताधारीहरुको विरोधमा उत्रने जनतालाई देश निकाला गर्न थालिएको छ । उनीहरुको थातथलोबाट पलायन हुन वाध्ये पारिएको छ । उनीहरु हजारौंको संख्यामा देश छोडेर भागिरहेका छन् । ग्वाटेमाला, एल्साल्भाडोर र मेक्सिको हुँदै अमेरिका प्रवेशको लागि सात हजारको जमातमा विशाल जुलुशमा परिणत हुदै पदयात्रामा निस्किरहेका छन् ।

उता अमेरिकी राष्ट्रपति टम्पले कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिने भनि आदेश जारी गर्दै मेक्सिको भएर होण्डुरसका आप्रवासी अमेरिका भित्रिएको खण्डमा मेक्सिकोलाई दिंदै आएको सवै आर्थिक सहयोग रोक्का गर्ने धम्की दिएको छ ।

 

तर पनि मर्नुभन्दा विकल्प खोज्नु नै उत्तम उपाय हो भन्दै आप्रवासीहरुको अविरल यात्रा जारी छ । हामीले द एटलान्टिक अनलाईनबाट केही प्रतिनिधिमुलक यी तस्विरहरु साभार गरेका छौं । धेरै लेख्नु छैन । तस्विर स्वयं बोलिरहेको छ । तस्विरको छोटा छोटा क्याप्शनहरुलाई पनि अनुवाद गरेका छौं ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ५३ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही