२०८३, २६ बैशाख आईतबार

सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु


भक्तपुर, ७ कात्तिक: प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने रणनीतिक योजना तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

सिटीइभिटीले उत्पादन गरेका जनशक्तिले श्रम बजारमा तुरुन्तै रोजगारी पाउन सक्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर सिटीइभिटीले उद्योग व्यवसायमा प्रत्यक्ष रोजगारी पाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो । सचिव बरालले भन्नुभयो, “सिटीइभिटीबाट उत्पादित जनशक्तिको हातमा काम, खल्तीमा दाम र थालमा माम पाउने गरी हुनुपर्छ, प्राविधिक शिक्षा लिएका कुनै पनि जनशक्ति खाली हात बस्नु पर्ने अवस्था आउनु हँुदैन ।”

कार्यक्रममा कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक डा रामहरि लामिछानेले प्राविधिक शिक्षा एवं व्यावसायिक तालीम परिषद्को व्यवस्थापनको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका क्षेत्रमा सूचना तथा प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले परिषद्को रणनीति योजना निर्माण गर्दा हालसम्म सम्पन्न भएका गतिविधिलाई सुक्ष्मरुपमा अध्ययन गरी के कति उपलब्धि हासिल भए, के कति उपलब्धि हुन बाँकी छ र अपेक्षित उपलब्धि हुन नसक्नुका कारण केलाउनु पर्नेमा जोड दिनुभयो । कोलम्बो प्लान स्टाफ कलेजको सहयोगमा शुरु भएको कार्यशालामा सिटीइभिटीअन्तर्गत देशभर रहेका ४५ आङ्गिक विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको सिटीइभिटीका निर्देशक प्रमोदभक्त आचार्यले बताउनुभयो । सिटीइभिटीले २०१४ देखि २०१८ सम्म बनाएको पाँचवर्र्षे रणनीति योजनाको अवधि भने आगामी डिसेम्बरमा सकिँदैछ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ३४ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे