२०८३, ३० असार बुधबार

आयोगमा दशैँका बेला एउटा पनि उजुरी परेन, सिफारिश कार्यान्वयन फितलो

आयोगमा दशैँका बेला एउटा पनि उजुरी परेन, सिफारिश कार्यान्वयन फितलो


काठमाडौँ, ७ कात्तिक: राष्ट्रिय मानव अधिकार आयोगमा दशैँका बेला एउटा पनि उजुरी परेन । अघिल्लो दशैँमा केही उजुरी परेको भए पनि यसपटक देशका कुनै पनि कार्यालयमा उजुरी नपरेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिनुभयो । मानव अधिकार उल्लङ्घनको सुनुवाइका लागि आयोगले बिदाको दिनमा समेत उजुरी सुन्दै आएको छ । बिदा सकिएपछि मङ्गलबार आप्रवाससम्बन्धीका दुई वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

“कसैको पनि मानव अधिकार हनन हुन नपाओस् भनेर हामीले बिदामा पनि उजुरी सुन्छौँ”, पाठकले भन्नुभयो, “एक जना अधिकृत उजुरी सुन्नकै लागि राखिएको थियो, म पनि आएर बसें तर कुनै उजुरी आएन, दशैँ सुनसान रहयो”, पाठकले भन्नुभयो । सामान्य मिसावटका कारणले स्वास्थ्यमा असर प¥यो भने पनि आयोगले उजुरीको सुनुवाइ गर्नेछ । गुनासा सुन्ने, मेलमिलाप गराउने, मानव अधिकारको वकालत गर्ने र सरकार तथा सम्बन्धित निकायलाई मानव अधिकारको विषयमा निर्देशन दिने काम आयोगको हो । यस्तै आयोगले आफ्नो क्षेत्राधिकारभित्र नपरेका उजुरीको सम्बन्धमा सम्बद्ध निकायमा पठाउने र परामर्श दिन्छ ।

द्वन्द्वकालमा बढी उजुरी पर्ने गरेको भए पनि अहिले भने उजुरी सङ्ख्या घट्दो छ । गएको वर्ष आयोगमा १५२ वटा उजुरी दर्ता भएको थियो । जसमा केन्द्रीय कार्यालय ललितपुर कार्यालयमा ३२, विराटनगरमा २६, जनकपुरमा नौ, नेपालगञ्जमा एक, धनगढीमा सात, पोखरामा सात, उपक्षेत्रीय कार्यालय ललितपुरमा ४० र जुम्लामा चार वटा उजुरी परेको तथ्याङ्क छ । उजुरीको प्रकृतिका आधारमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी सबैभन्दा बढी ८० वटा उजुरी परेको छ । आर्थिक, सामाजिक र सांस्कृति अधिकार उल्लङ्घनका १३, यातनाविरुद्धको अधिकारका १४, बाल अधिकारका आठ, महिला अधिकारका १५, आप्रवासी कामदारका ११, भेदभावविरुद्ध चार, व्यक्ति बेपत्ताविरुद्धका दुई उजुरी थिए । विषयगतरुपमा हेर्दा न्याय प्रशासनमा सबैभन्दा बढी ३८ र जीवन अधिकार हनन भएका १९ उजुरी परेको तथ्याङ्क छ ।

आव २०७३÷७४ मा भने २१० उजुरी परेकामा पुरानासहित २२० उजुरीको सुनुवाइ भएको आयोगले जनाएको छ । द्वन्द्वकालमा छ हजारसम्म उजुरी परेकोे पाठक अनुभव सुनाउनुहुन्छ । विगतमा न्यायका विषयमा बढी उजुरी आउने गरेको थियो । आयोगमा गुनासोको सुनुवाइ भएन, प्रहरीले उजुरी दर्ता गरेन, यातना, विभेद भयो भन्ने जस्ता उजुरी बढी पर्ने गरेको पाठक बताउनुहुन्छ ।

आयोगमा मानव अधिकार उल्लङ्घन वा दुरुत्साहनका घटनामा स्वविवेकीयरुपमा र अन्य विभिन्न माध्यमबाट उजुरी ग्रहण गर्दै आएको छ । आयोगमा राजनीतिक, नागरिक अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र यातनासँग सम्बन्धित उजुरी पर्ने गरेको छ । यस्तै स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरणीय हक, ज्येष्ठ नागरिकका अधिकारका उजुरीसमेत आउने गरेको छ ।

सिफारिस कार्यान्वयन भएन
आयोगले गरिएका सिफारिश पूर्णतः कार्यान्वयन हुन नसकेको जनाएको छ । सरकारी कार्यालयको भवन पुनःनिर्माण गर्दा, स्वास्थ्य शिक्षा जस्ता आधारभूत र अत्यावश्यक भवनलाई प्राथमिकता दिने, तथा नयाँ भवन अपाङ्गमैत्री बनाउन आयोगले सिफारिश गरेको थियो ।

भूकम्पबाट नष्ट भएका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्दा मौलिकतालाई दृष्टिगत गर्न भनेको थियो । भूकम्पका कारण चर्किएको, पहिरोको जोखिम बढेको बस्ती खाली गर्न र पुनःस्थापन कार्यमा जोड दिन आग्रह गरेको थियो । तर यी कामहरुको पूर्णतः कार्यान्वयन हुन नसकेको आयोगले जनाएको छ ।

आयोगले गरेको सिफारिशको कार्यान्वयनको अवस्था भने निकै फितलो रहेको आयोगका सूचना अधिकारी टीका पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार कूल १२ प्रतिशत मात्रै कार्यान्वयन भएको पाइएको छ । अन्य संवैधानिक निकायको विषयमा संसदीय सुनुवाइको व्यवस्था रहे पनि आयोग त्यसमा समेत स्वतन्त्र हुन्छ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : २४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै