२०८३, १६ आश्विन शनिबार

यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?

यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?


काठमाडौं, कात्तिक ७ : विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा बुधबारबाट प्रयोगमा आउने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आउने भएको हो । पुल निर्माण सुरु गरेको नौ वर्षपछि सञ्चालन हुने भएको हो ।

सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च लागेको छ । पुल निर्माण कार्यमा निकै ढिलाइ भएको थियो । पुल निर्माण गर्ने क्रममा १८ मजदुरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

के छ पुलको विशेषता ?
पुलले दक्षिणी चीनका तीन मुख्य तटीय सहर हङकङ, मकाउ र झाउहाईलाई जोड्छ । पुल भूकम्प र टाइफुनप्रतिरोधी छ । पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग गरिएको थियो । सो स्टिलबाट ६० वटासम्म इफेल टावर बन्छ । पुलको कुल लम्बाइमध्ये ३० किलोमिटर लम्बाइ पर्ल रिभर डेल्टा पार गर्छ । पुलको साढे ६ किलोमिटर खण्ड समुद्रमुनिको दुई कृत्रिम टापुको सुरुङ रहेकाे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

किन बनाइयो पुल ?
हङकङ मकाउलगायत दक्षिणी चीनका नौ सहरलाई समेटेर तयार गर्न लागिएको ग्रेटर बे एरिया बनाउने चिनियाँ योजनाको एउटा अंशको रूपमा यो पुल निर्माण गरिएको हो । ग्रेटर बे एरियामा ६ करोड ८० लाख मानिस बसोवास गर्छन् । पुल निर्माणपूर्व झुहाईदेखि हङकङ पुग्न चार घन्टा लाग्नेमा नयाँ पुल बनेपछि ३० मिनेटमै यात्रा पूरा हुनेछ ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : १० बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार