२०८३, २६ बैशाख आईतबार

घर बनाउँदा यस्तो गर्नुहोस्, कहिल्यै धनको कमी हुनेछैन !

घर बनाउँदा यस्तो गर्नुहोस्, कहिल्यै धनको कमी हुनेछैन !


एजेन्सी : शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन्। यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ।

पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ।

सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

दक्षिण पश्चिममा अग्ला रुख : घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।

घरको बीच भाग खालि राख्ने : घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्ष कहाँ राख्ने : भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ।

झ्याल ढोकाको सफाइ : घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

मुख्यद्वारको सजावट : घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

चराहरूलाई दानापानी दिन डुँड : घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ।

प्याजी रंग : घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : ०८ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे