२०८३, १ भाद्र मंगलबार

सुत्ने समयमा यी कुरा सँधै ख्याल गर्नुपर्छ र ?

सुत्ने समयमा यी कुरा सँधै ख्याल गर्नुपर्छ र ?


काठमाडौं । हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो निद्रा र सुताइ । निद्रा लिनु वा सयन गर्नु मानिस मात्र होइन जनावर र रुख विरुवाको समेत प्राकृतिक स्वभाव हो ।

दिनभरी काम गरेपछि हामी थाक्छौं । हाम्रो शरीरको उर्जा पनि कम हुँदै जान्छ । यसका लागि आरामको आवश्यकता हुन्छ । शरीरलाई आराम दिनका लागि हामी सुत्छौं ।

सुत्नु सामान्य क्रिया भएपनि यसको नियम छ । शास्त्रहरुमा सुत्ने पनि नियमहरुबारे उल्लेख छ । हामी सुत्दा खुट्टा दक्षिण दिशा तर्फ फर्केको हुनु अशुभ मानिन्छ । अर्थात उत्तर तर्फ शिरानी कहिल्यै पनि गर्नु हुँदैन ।

कुन दिशा गर्ने शिरानी ?

सके सम्म पूर्व वा दक्षिण दिशामा शिर राखेर सुत्नु पर्छ । यी दिशामा शिरानी राख्दा दीर्घायु हुने र स्वास्थ रहन सकिने शास्त्रमा उल्लेख छ ।

यसको विपरित उत्तरमा शिरानी गरेर सुतेमा स्वास्थ्यमा समस्या आउने र अशुभ हुने मानिन्छ ।

सुताइले पुनर्ताजगीको अनुभव गराउँछ र पुन काम गर्न सकिन्छ । रात्रिको भोजनपछि तत्काल सुत्नु हुँदैन । सुत्नु अघि अर्को दिनका लागि कामको योजना बनाउनु उत्तम हो । दिशा पिसाव आएमा गरेर मात्र सुत्नु पर्छ । दिशा पिसाव च्याँपेर सुत्नु घातक हुन्छ ।

सुत्दा जहिले पनि दक्षिण वा पूर्व तर्फ शिर राखेर बायाँ पट्टी कोख फर्किएर सुत्नु पर्छ । सुत्नु अघि मन पर्ने संगीत पनि सुन्न सकिन्छ । यसले मनको तनाव कम गर्छ । सूर्योदय भन्दा पहिला नै जागिसक्नु पर्छ ।

बायाँ कोख: बायाँ कोख फर्किएर सुत्दा पाचन प्रणालीमा सहजता हुन्छ । यसो गर्दा नाकको बायाँ प्वालबाट स्वस प्रश्वास प्रक्रिया चल्छ र यसले पाचनका लागि आवश्यक पर्ने उष्णता अर्थात ताप पैदा गर्छ ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ५४ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक