२०८३, १५ श्रावण शनिबार

खोर्सानी खादा हुने फाईदा र बेफाइदा

खोर्सानी खादा हुने फाईदा र बेफाइदा


खोर्सानीलाइ हामि विभिन्न परिकार लगायत अचार पनि बनाएर खान्छौ। यसको प्रयोग सबैले आफ्नो स्वाद अनुसार गर्छौ । प्राय हामि स्वादको लागि खान्छौ तर यसमा थुप्रै किसिमको फाइदा रहेको हुन्छ,जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ। रातो खोर्सानिले ग्यास्ट्रिकलाइ केहि हद सम्म कम गर्न मदत गर्छ । पिरोले शरीरलाई न्यानो बनाउँन मदत गर्दछ र साथै तौल पनि घटाउन मदत गर्दछ। तर विज्ञहरुले चिल्लो,पिरो नखान सल्हा दिदै आएका छन । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । जुनै कुरापनि अत्याधिक मात्रामा प्रयोग गरेमा त्यसले हानि गर्छनै त्यसैले खोर्सानी पनि एकदमै बढी मात्रामा खादा पेटमा विभिन्न असर पर्छ । खोर्सानीका फाईदा

तौल घटाउँछ : खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

कन्जस्टेसनबाट बचाउँछ : पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ ।

चिसोबाट बचाउँछ : खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ ।

क्यान्सरसँग लड्ने क्षमता : सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो ।

खाना पचाउन सहयोग गर्छ : खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ ।

खोर्सानीका बेफाइदा

हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुँदैन । निश्चित परिणाममा भन्दा बढी खानु हुँदैन । आवश्यकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाहा्रे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।

ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अपनाउनुपर्छ ।

पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन । त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ०४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा