२०८३, २५ आश्विन सोमबार

सशक्त प्रतिपक्षको भूमिका खेल्नेः नेता साउद

सशक्त प्रतिपक्षको भूमिका खेल्नेः नेता साउद


कालीकोट, ५ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउनुभएको छ ।

काङ्ग्रेस कालीकोटद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ ।”

नेता साउदले यातायात क्षेत्रमा मूल्य वृद्धि, यातायात क्षेत्रको सिण्डिकेटलाई यथावत् राख्नु, काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याउन नसक्नुलगायत मुद्दाले सरकार कमजोर हुँदै गएको आरोप लगाउनुभयो ।

“स्थानीय सरकारमा भ्रष्टाचार बढ्दै गएको र विकास निर्माण पारदर्शी नभएको जनगुनासा बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा रहने कार्यकर्ताले यसको लेखाजोखा गर्नुस्, नागरिकलाई गाउँमा सिहंदरबार आएको महशुस गराउनका लागि प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ८ : ४९ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई