२०८३, १४ श्रावण शुक्रबार

जीवनको यथार्थलाई हेर्ने आँखाहरू सकारात्मक सोच

जीवनको यथार्थलाई हेर्ने आँखाहरू सकारात्मक सोच


बुद्धि तामाङ
मान्छेको मनलाई उसले बनाएको अवधारणाले हाँक्छ । मनले भौतिक शरीरलाई हाँक्छ । भौतिक शरीरले विभिन्न क्रियाकलापहरूलाई हाँक्छ । भित्री अवधारणा सकारात्मक भए मन, वचन, शरीर र क्रियाकलाप पनि सकारात्मक हुन्छ र यदि, नकारात्मक भए सबै नकारात्मक हुन्छ । उसो भए सकारात्मक र नकारात्मक भनेको के हो रु सकारात्मक र नकारात्मक सोचमध्ये मान्छेको खुसी कुन चाहिँ ग्रन्थीमा निहित रहेको हुन्छ रु यसबारेमा केही चर्चा गरौं ।

सकारात्मक सोच बाहिरको भौतिक पदार्थ र वस्तुको रूपहरूमा नभई मान्छेको भित्री मनको संसारमा हुन्छ । घरजग्गा, बहुमूल्य पत्थर, बैंक ब्यालेन्स, भौतिक साधनजस्ता धनसम्पत्ति र समृद्धिले सम्पन्न हुँदैमा पनि खुसी प्राप्त हुँदैन । हुने भए नेपाललगायत विश्वका अर्बपतिहरू सबैभन्दा धेरै खुसी हुनु पथ्र्यो । यथार्थमा त्यस्तो देखिँदैन ।

हामी पनि बाँचौं र अरू पनि बाँचून्, मेरो पनि भलो होस् र अरूको पनि भलो होस् भन्ने सोच नै सकारात्मक सोच हो । यसले हाम्रो भित्री मनको ढोका उघारिन्छ । त्यसपछि पत्रपत्र उप्काउँदै मनको सकारात्मक र नकारात्मक पक्ष पढ्दै जानुपर्छ । सकारात्मक सोच भनेको प्रज्ञा र बौद्धिक मन हो । पवित्र र स्पष्ट मन हो । समानता र समभावको भावना हो । मित्रता र आपसी सहयोग हो । करुणा र विवेक हो । जीवनको यथार्थ पत्ता लगाउने ज्ञान हो । सन्तोष र आनन्द हो । शान्ति र सिर्जना हो ।

यसबाहेक धैर्य, साहस, निडर, जोस, जाँगर र आत्मविश्वास आदि सकारात्मक सोच हुन् । सहनशीलता, क्षमाशीलता आपसी सम्मान, विश्वास, इमानदारी, सहिष्णुता, सद्भाव, सहकार्यको भावना पनि सकारात्मक सोच नै हुन् । अन्त्यमा भित्री मनको रहस्य, चरित्र, स्वभाव र गुणबोध हुन्छ । साथै भित्री मन जागृति र परमआनन्दको अनुभूति गर्न सक्षम हुन्छ ।

आजका कम्प्युटर, मोबाइल, टिभी, आदि नयाँनयाँ डिजिटल साधनहरू र अनेक दर्शन तथा विश्व दृष्टिकोणलाई एकाग्र, शान्त, स्थिर एवं खुसी मनले आविष्कार गर्न सकेका हुन् । जस्तै, ज्ञानी र ध्यानी स्टिभस जब्सले विभिन्न स्तरका एप्पल कम्प्युटर र आईफोनहरूको विकास गर्न सक्यो ।

आपूmसँग भएको स्रोतसाधन र सामाजिक हैसियत कस्तो छ त्यसमा रमेर सन्तोष र आनन्द लिन सक्नुपर्छ । वर्तमान सन्तुष्टिको जगमा भविष्यको नवीन सन्तुष्टि प्राप्त गर्ने आधार तयार गर्छ । मात्रात्मक सन्तुष्टिले गुणात्मक र अस्थायी सन्तुष्टिले स्थायी सन्तुष्टि प्राप्त गर्ने आधार तयार गर्नु हो । यसले शान्ति र खुसी प्राप्त गर्दछ ।

सकारात्मक सोचले मित्रताको संख्यालाई विस्तार गर्छ । अनि समृद्धिलाई अगाडि बढाउन सहयोग दिने र लिने हातहरू सधैं हाम्रो वरिपरि पैmलिरहन्छ । विगतका सफलताबाट पाठ सिक्दै वर्तमान क्षमतालाई आत्मासात् गरी समृद्ध भविष्यका लागि परिकल्पना र योजना बनाएर अघि बढ्न प्रेरित गर्छ ।

जतिसुकै अप्ठ्यारो र असहज परिस्थितिमा पनि संयमित र धैर्यवान् भई जिम्मेवार हुन सिकाउँछ । सफलतामा नआत्तिने र सफलतामा नमात्तिने हुन्छ र साथै बाँच्नुको सार्थकता देख्छ । सकारात्मक सोच भित्री मनको संसारमा केन्द्रित हुँदा प्रत्येक दिनको प्रत्येक क्षणमा खुसीको अनुभूति गर्न सक्छ ।

सकारात्मक सोच, शान्ति र खुसीले मान्छेको जीवनमा समृद्धि ल्याउँछ । अनि मन खुसीले सधैं सिधा, ताजा, सहज, सरल, पवित्र, स्पष्ट र सर्वत्र व्याप्त भएको महसुस हुँदा भोलि आउने नयाँ दिन, महिना र वर्षहरूका लागि अहिले नै ऊ बाँचिरहेको हुन्छ । यही नै जीवनको वास्तविकता हो ।

सकारात्मक सोचको उल्टो अज्ञानता, राग, द्वेष, अहंकार र विभेद्, ईष्र्या र जलन, आशक्ति र डबन, मूर्खता र असुरक्षा, असन्तोष र विलाप, रिस र विनाश जस्ता नकारात्मक सोच रहेका छन् ।

यसले समृद्धि, शान्ति र सुख नभई दुःख दिन्छ । कतिपय मान्छे उसको जस्तो नाम, दाम, शक्ति, भौतिक भोगविलासीका वस्तु, विचार र देखावटी धार्मिक शीलसपथ ९६ आकर्षण० अरू कसैको भन्दा राम्रो र ठूलो भनेर आफैं मपाईं ठान्ने, गजक्क फुल्ने अहंकारले गर्दा समाजमा उँच नीच, ठूलोसानो भन्ने विभेद् उत्पन्न गर्छ ।

आफ्नो बाहेक अरूको ६ आकर्षणको प्रगति र खुसी देख्न नसक्ने व्यक्ति ईष्र्याले जल्छ । कतिपय मान्छे, उसले प्राप्त गरेका ६ आकर्षणमा आशक्त भई त्यसैमा चुर्लुम्म डुबिरहन्छ । ती ६ आकर्षणमा डुबिरहँदा सुँगुरजस्तै अल्छी र डुब्न पाएन भने छटपटी भएर असुरक्षाको महसुस गर्छ ।

कुनै मान्छे ऊसँग भएको ६ आकर्षणमा चित्त बुझाउन नसकी लोभी बन्छ । अनेक प्रकारका अपराध गरी ६ आकर्षणहरू थुपार्दै भोगविलासी जीवनमा फस्छ । कोही चाहिँ आपूmसँग भएको ६ आकर्षणमा सन्तोष हुन नसकी विलापमा फस्छ । कोही उसको ६ आकर्षणलाई अरूले प्रशंसा नगरेको भनेर रिस गर्छ ।

कसैले उसको ६ आकर्षणबारे अगाडि पछाडि, अघिपछि आलोचना गरेमा पनि अरूलाई रिस गर्छ । यदि उसको रिस थाम्न सकेन भने हिंसा र विनाशमा उत्रिन्छ । त्यति मात्र नभई उसका ती आकर्षणहरू घट्लान् भनेर सधैं चिन्तित भइरहन्छ । वैरभावको भावनाले अरूलाई घृणा र निन्दा गर्ने, आरोप र दोष लगाउने, चुनौती दिने गर्छ । साथै शंका, अधैर्य, हीनताबोध, दिकदारीपन, नैराश्यता, आदि नकारात्मक सोचले खुसीको हत्या गर्छ ।

जतिबेला खुसीको हत्या हुन्छ, त्यहीबेला मनको प्रज्ञा, बौद्धिकता, पवित्र, स्पष्ट, समानता, समभाव, शान्ति, आनन्द, करुणा, आदि पनि समाप्त हुन्छ । वैज्ञानिक अध्ययनअनुसार नकारात्मक सोच, शान्ति र खुसीले शरीरको रोग प्रतिरोध प्रणालीका शक्ति टी र बी सेल्स्हरू कम भएर तत्कालीन र दीर्घकालीन असर गर्छ ।

नकारात्मक सोचाइको कारण रक्तचाप, मधुमेह, चिनीरोग, दम, खोकी, टाउको दुख्ने, पेटको ग्यास्ट्रिक, अल्सर, मुटुको रोग, हड्डीसम्बन्धी रोगहरूलाई दोब्बर खतरा बढाउँदै लगेको तथ्य अनुसन्धानले देखाएका छन् । यसले आमाको गर्भमा रहेको बेला पुरुषको शरीरको विकास गर्ने टेस्टोस्टेरोन हर्मोनले गर्दा भएको हुन्छ ।

त्यसैले यो हर्मोन महिलाहरूमा भन्दा पुरुषहरूको शरीरमा ज्यादै धेरै हुने गर्दछ । जब रिसाएर आपराधिक कार्यमा संलग्न हुने बेलामा यो हर्मोन ज्यादै उत्तेजित हुन्छ । यस्तो बेला मुटुको रोग लाग्ने सम्भावना ज्यादा रहेको हुन्छ । अनि शरीर र मनको ऊर्जा कमजोर भएर खुसी धरपमा पर्छ र आयु घट्छ ।

जीवनमा असफलै असफल, गरिबी, अभाव, समस्या, दुःख, कष्ट, कमजोरी, खराब र नकारात्मक पक्षहरू मात्र केलाउने व्यक्ति झन् धेरै नकरात्मक पक्ष मात्र देख्न पुग्छ र कहिल्यै नटुंगिने चक्रमा फस्छ । यसले गर्दा कैयौं मानिसहरू निराश र तनाव भई संसारमा बाँच्नुभन्दा आत्महत्या गर्ने, केही गरी बाँचे पनि मानसिक तनाव, कुण्ठा, विकृति, अशान्ति, छिटो रिसाउने भई सधैंका लागि आत्मविश्वास गुमाउँछ ।

यस्ता मानिसले कहिल्यै पनि समृद्धि प्राप्त गर्न सक्दैन । त्यसपछि उसको मन अशान्त भई भोलि आउने नयाँ दिनहरू, महिनाहरू र वर्षका लागि अहिले नै ऊ मरिसकेको हुन्छ । नकारात्मक सोचको सट्टा हामीले समाज र आफुलाई सकारात्मक आँखाले बुझ्न थाल्छौं, तब शक्ति र ज्ञानलाई देख्न थाल्छौं । त्यसपछि समृद्धिको सिँढी चढ्दै शारीरिक आरोग्य, दीर्घायु, खुसी, शान्ति र परम आनन्दको अनुभूति हुन्छ । अब सकारात्मक सोच राखेर शान्ति र खुसी प्राप्त गर्ने कि नकारात्मक सोच राखेर अशान्ति र दुःखको भुमरीमा भासिने रु रोज्ने अधिकार तपाईंकै हातमा छ ।

सकारात्मक सोचले मित्रताको संख्यालाई विस्तार गर्छ । अनि, समृद्धिलाई अगाडि बढाउन सहयोग दिने र लिने हातहरू सधैं हाम्रो वरिपरि पैmलिरहन्छन् । विगतका सफलताबाट पाठ सिक्दै वर्तमान क्षमतालाई आत्मासात् गरी समृद्ध भविष्यका लागि परिकल्पना र योजना बनाएर अघि बढ्न प्रेरित गर्छ । निरन्तर……..

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : ५५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा