२०८३, २६ आश्विन मंगलबार

प्रशान्त महासागरमा बिमान खस्यो, सबै यात्रुको सकुशल उद्धार

प्रशान्त महासागरमा बिमान खस्यो, सबै यात्रुको सकुशल उद्धार


वेलिङ्टन, न्यूजिल्यान्ड, १३ असोज प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी ९पिएनजी०को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो ।

पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए ।

विमानमा यात्रारत एकजना यात्रुले पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए ।

स्थानीय डुङ्गाहरुले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड ९द्वीप० मा अवतरण गर्न लागेको थियो ।

बिमानका एक यात्रु बिल जेनेसले एयर न्यूजिनी बिमान धेरै तलबाट उडेको बताउनुभयो । “मैले बिमान यति तलबाट उडेकामा आश्चर्य मान्दै थिएँ । पानीमा झर्नासाथ बिमानको माथिल्लो भागबाट पानी भित्र पस्न थालेको थियो ।”

जेनेसले डुब्दै गरेको बिमानको आपतकालीन ढोकाबाट बाहिर निस्केर पानीमा हाम फालेको बताउनुभयो । आफूलाई सामान्य चोट लागेको बताउँदै जेनेसले बिमानमा सवार पत्नी पनि चिच्याइरहेको जानकारी दिनुभयो ।

यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । बिमान कम्पनीले हवाइजहाज बिमानस्थलमा उत्रनुअघि नै बिमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताउनुभयो ।

उक्त हवाइजहाज ३० मिटरजति पानीमा डुबेको थियो । बिमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो ।
सन् २००९ मा अमेरिकाको न्यूयोर्कमा पनि एउटा बिमान हड्सन नदीमा खसेको थियो, तर बिमानका यात्रुलाई हवाइजहाज डुब्नुअघि नै उद्धार गरिएको थियो । यो घटनालाई “हड्सनको चमत्कार” पनि भनिन्छ ।

बिमान कम्पनीका अनुसार बोइङ ७३७ बिमानमा ३५ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । कम्पनीले बिमान अवतरण गर्नेक्रममा मौसम राम्रो नभएको, ठूलो पानी परेको र दृश्यता ९भिजिबिलिटी० कम रहेको जनाएको छ ।

एयर न्यूगिनी पपुआ न्यू गिनीको राष्ट्रिय ध्वजाबाहक बिमान हो । यो कम्पनीले हालैका दिनहरुमा मनिला, सिड्नी र सिंगापुरमा पनि उडान गरिरहेको छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : २२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल