२०८३, १३ भाद्र आईतबार

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य: पर्यटनमन्त्री

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य: पर्यटनमन्त्री


काठमाडौँ, ११ असोज: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गर्नुभयो ।

उहाँले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गर्नुभयो । मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिनुभयो । सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधार तथा नयाँ पीक र गन्तव्य खोल्न पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरियो ।

यस वर्षको कुमारखड्ग विक्रम साहसिक पुरस्कार दक्षिण कोरियाका आरोही डा ओम हुङ्गेल र डा हर्क गुरुङ पर्वतीय पुरस्कार कोरियाकै डा इङ जोङलीलाई सम्मान गरियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटुप शेर्पा र दि हिमालयन टाइम्सका राजन पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी, हिमाल आरोहणमा धेरै आरोही पठाउने विभिन्न १० ट्रेकिङ्ग एण्ड एक्सपिडिसन कम्पनीलाई पनि सङ्घले सम्मान गरेको थियो । ती सबै पुरस्कार पर्यटनमन्त्री अधिकारीले प्रदान गर्नुभएको थियो ।

ठमेल सडक महोत्सव
यसैगरी विश्व पर्यटन दिवसको अवसरमा आज ठमेलमा सडक महोत्सव आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गरेको हो । त्रिदेवी मार्गमा औपचारिक उद्घाटन भएको महोत्सव ठमेलका नरसिंह चौक, सातघुम्तीलगायत मुख्य सडकमा विविध सांस्कृतिक कार्यक्रम गरी आयोजना गरिएको छ ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो । महोत्सवका अतिथिलाई ठमेल परिक्रमा गराइएको छ । विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रमले ठमेलको रौनकता बढाएको छ । महोत्सवमा उल्लेख्य सङ्ख्यामा स्वदेशी सर्वसाधारण तथा विदेशी पर्यटकको घुइचो छ । नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ९ : ०३ बजे

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ