२०८३, २५ आश्विन सोमबार

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई


धनकुटा, ११ असोज: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको स्थापना गर्न धनकुटामा आज आयोजना गरेको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले त्यस्तो बताउनुभएको हो ।

देश सङ्घीयतामा गएकाले सङ्घीय संरचनाबाट जनतालाई सेवाको अनुभूति गराउने क्रममा प्रदेश सरकार रहेको भन्दै उहाँले जनताको भावना र मर्मअनुसार काम गर्ने बेला आएको छ भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो कोसेली दुई वटा शक्तिशाली निर्देशनालय धनकुटाले पाएको भन्दै धनकुटेली जनतालाई बधाई दिनुभएको थियो । पहिले पूर्वाञ्चलकोे सदरमुकाम रहेको धनकुटाबाट अस्थायी राजधानी विराटनगर तोकिँदा आन्दोलित धनकुटेलीको भावनामा निर्देशनालयको स्थापनाले सम्मान पुगेको भन्दै मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी धनकुटा हुन्छ की हुन्न भनेर धेरै चिन्तित नहुन आग्रह गर्नुभयो ।

सोही अवसरमा मुख्यमन्त्री राईले देश सङ्घीयतामार्फत नयाँ ढाँचामा जाने क्रममा रहेकाले पुरानो ढाँचाको संरचना सम्झेर राजधानी कहाँ हुने र नामाङ्कन के हुनेमा अल्मलिनु नहुने बताउनुभयो । उहाँले अहिले सानातिना विषयमा अल्मलिँदा प्रदेशको दीर्घकालीन विकासमा समस्या हुन सक्ने भन्दै उच्च मानसिकताका साथ राजनीतिक दल र कर्मचारी जनताको काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शिक्षा स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर भएर लाग्ने धारणा राख्नुभयो । प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, नीरन राई, कुसुमकुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुवान धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदेश सरकारले दुई वटा निर्देशनालय स्थापना गरेकामा सराहना गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ८ : ५७ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम