२०८३, १३ भाद्र आईतबार

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो


पर्सा, १० असोज :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ ।

राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कर वृिद्धको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल समेत गर्नुभयो ।

नेता महतोले संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउन सक्दछ भन्नुभयो ।

मुलुकमा बढ्दै गएको हत्या र बलात्कारको घटनाले आम जनताले असुरक्षाको महसुश गरेको बताउँदै नेता महतोले कञ्चनपुरकी निर्मल पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिलेसम्म पक्राउ नपर्नु, प्रहरी हिरासतमै नागरिकको हत्या हुनुजस्ता घटनाले जनतालाई असुरक्षित बनाएको छ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार  १ : ३६ बजे

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड