२०८३, २५ आश्विन सोमबार

मन्त्रीस्थापितले भने : बनेपामा हलिउड र बलिउड कलाकार आउनेगरी ‘वर्ल्ड सेन्टर’ बनाउँछु

मन्त्रीस्थापितले भने : बनेपामा हलिउड र बलिउड कलाकार आउनेगरी ‘वर्ल्ड सेन्टर’ बनाउँछु


काभ्रेपलाञ्चोक – प्रदेश नम्बर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वर्ल्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताउनुभएको छ ।

बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नगरपालिकाको कार्यालयद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ३० लाख रुपैयाँ छुट्याइएको र विस्तृत अध्ययनका लागि मात्रै दुई करोड छुट्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थापितले बनेपालाई संसारमा स्थापित गराउँछ, हलिउड र बलिउड समेतका कलाकार आउने गरी कला–साहित्य विधाका लागि बनेपा ‘वर्ल्ड सेन्टर’ हुनेछ ।’ मन्त्री स्थापितले सेन्टरका लागि आवश्यक रकम व्यवस्था गरिदिने बताउनुभयो ।

उहाँले संसारकै अध्ययन केन्द्र बनाउन बनेपा उपयुक्त रहेकाले आफ्नो कार्यकालमा विश्वकै लेखक र कलाकार ल्याउने भौतिक पूर्वाधार बनाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बनेपा निकै सम्भावनाको क्षेत्र हो, विश्वभरका क्रिकेटर आउने खालको क्रिकेट खेलमैदान यही ठाउँमा बनाइन्छ ।’

मन्त्री स्थापितले आफ्ना प्रस्तावित योजनामा स्थानीय जनप्रतिनिधिको प्रतिवद्धताको आवश्यकता औँल्याउँदै भन्नुभयो, ‘विदेशी पर्यटक अब काठमाडौं होइन, बनेपा भनेर आउने बनाउनुपर्छ ।’ उहाँले बनेपामा बनाइने वर्ल्ड सेन्टरमा स्वास्थ्य बाटिकासमेत रहने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : १३ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम