२०८३, ३० आश्विन शनिबार

फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ

फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ


भोजपुर, ७ असोज : जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो ।

प्रधानले २०५२ असोज ७ गते स्थानीय केदारबहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसला गरेको प्रहरीले जनाएको छ । कैद फैसलापछि फरार रहेका प्रधानलाई प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत भोजपुरमा हाजीर गराएको थियो । अदालतकोे आदेशअनुसार प्रधानलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ८ : ५९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा