२०८३, २५ आश्विन सोमबार

राती सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी काम

राती सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी काम


मानिसका लागि पर्याप्त सुताई अपरिवार्य छ । तर सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने काममा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि गर्न नहुने यस्ता केही काम छन् ती कामले तनाव तथा स्वास्थ्य समस्या निम्त्यान सक्छ ।

सुत्नु अगाडि खानाः रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

सुत्नुअघि ल्यापटप वा मोबाइलः सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

चुइगमः युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

किताब पढ्ने बानीः केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

धुम्रपानः यदी तपाईं राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

चिसो पानीले मुख धुनुः राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

अल्कोहलः निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ । सुत्नुअघि यी कुराहरुमा विचार पुर्याउनुभएन भने पछुताउन पनि पर्नसक्छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : ५४ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम