२०८३, ४ आश्विन सोमबार

राती नुहाएर सुत्दा शरिरलाई हुन्छ यस्ता उत्कृष्ट फाइदा

राती नुहाएर सुत्दा शरिरलाई हुन्छ यस्ता उत्कृष्ट फाइदा


काठमाडौं असोज ७ : नेपाली समाजमा धेरैले बिहान नुहाउँछन् । राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै शरिरलाई फाइदा पुर्याउँछ ।

१ सुन्दरताका लागि  :  चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा फोहोर जम्मा हुन पाउँदैन जसका कारण छाला चम्किलो हुनुका साथै सुख्खा हुनबाट जोगाउँछ ।

२ मोटोपना :  आजकाल मानिसहरुको सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । जिममा पसिना बगाएर, डाइटिङ गरेर र राती सुत्नुअघि नुहाएर पनि मोटोपना घटाउन सकिन्छ । यसका लागि सुत्नु अघि मनतातो पानीको प्रयोग गर्नुहोस् वा अत्यधिक चिसो पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरको क्यालोरी बर्न हुन्छ र तौल सजिलै कम हुन्छ ।

३ मिठो निन्द्रा :  तनावका कारण धेरैलाई राती निन्द्रा नलाग्ने समस्या हुनसक्छ । यदि यस्तो समस्या छ भने राती सुत्नु अघि एकपटक पक्कै नुहाउनुहोस् । यसो गर्दा शरिरले थकान बिर्सन्छ र राती राम्रोसँग निन्द्रा लाग्छ ।

४ रोग प्रतिरोधात्मक क्षमता :  सुत्नु अघि नुहाउँदा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ जसका कारण शरिरले विभिन्न रोगसँग लड्न सक्षम हुन्छ । यसका साथै चिसो पानीले नुहाउँदा मुटु पनि स्वस्थ रहन्छ ।

५ उच्च रक्तचापमा :  जसलाई उच्च रक्तचाप छ, उनीहरुले राती सुत्नु अघि नुहाउनुपर्छ । ज्वरो वा रक्तचाप वृद्धि हुँदा तातो पानीले नुहाउँदा फाइदा पुर्याउँछ । यसले शरिरबाट पसिना निकाल्छ जसका कारण शरिर निकै चाँडो चिसो हुन्छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : ३५ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर