२०८३, ३ श्रावण सोमबार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालियो, कसरी लिने ?

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालियो, कसरी लिने ?


काठमाडौँ, ७ असोज: अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत ऋण दिने कार्यविधि तयार पारेको छ । मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेकाले आइतबार नै निवेदन दिन सकिने छ । कार्यविधि अनुसार स्नातक पास गरेकाहरुले सहुलियत (बैंकको आधारदरको २ प्रतिशत नबढ्ने गरी) ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । तर १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसको लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ । यस्तै प्यान नम्बर लिएको र कालो सूचीमा नपरेको हुनुपर्नेछ ।

सरकारको मान्यताप्राप्त संस्थाबाट ७ दिनको तालिम लिएका युवाले प्रमाणपत्रसहित निवेदन पेश गरेमा ५ वर्षको लागि सहुलियत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै विदेशबाट फर्किएका युवाहरुलाई पनि सहुलियतमा ऋण दिनको लागि कार्यविधिले व्यवस्था गरेको छ । विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि अर्थ मन्त्रालयले व्यवस्था गरेको छ । विदेशमा ६ महिना सीपयुक्त काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कर्जा दिनेको सुरक्षण र व्यवसायको बीमा
जुन बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजदरमा ७ लाख रुपैयाँ लगानी गरेको हुन्छ, त्यसको सुरक्षा सरकारले गर्छ । कर्जा सुरक्षण कोषले ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको कर्जाको सुरक्षा गर्ने अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । यस्तै ऋण लिनेले जे व्यवसाय या उद्यम गरेको छ, उसको पनि व्यवसायको पनि बीमा गर्ने कार्यविधिमा उल्लेख छ । कुनै कारणले व्यापार व्यवसाय डुबेमा उसले बीमाबाट त्यसको क्षतिपूर्ति पाउनेछ ।

अन्य ५ वटा शीर्षकमा सहुलियत ऋण पाइने
अर्थ मन्त्रालयले पहिले नै भएको पशुपालन व्यवसाय कर्जालाई केही नयाँ प्रावधानसहित फेरि लागू गर्नेछ । यसको लागि पनि कार्यविधि बनिसकेको छ । यसमा ५ करोड रुपैयाँसम्म सहुलियतमा ऋण पाइने छ ।

यस्तै महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा १५ लाख रुपैयाँसम्म ऋण पाउने छन् । यस्तै दलित समुदायले केही व्यवसाय गर्न चाहेमा सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।

पढ्न मन भएका तर पैसा नभएर पढ्न नपाएका विपन्न समुदायका युवाहरुले शैक्षिक ऋण पाउनेछन् । यसको पनि कार्यविधि बनिसकेको छ । प्लस टु पास गरेका विपन्न समुदायका युवाले सहुलियत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । र भूकम्प पीडितले पनि सहुलियत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् । सरकारले दिएको ३ लाख रुपैयाँ अनुदानले घर बनाउन नपुगेको वा केही इलम गर्न चाहनेले यो ऋण पाउनेछन् ।

दोहोरो कर्जा नपाउने
अर्थ मन्त्रालयले ७ प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि कुनै पनि व्यक्तिले दोहोरो ऋण नपाउने जनाएको छ । ‘कोही स्नातक तह पास गरेर विदेश गएकी दलित महिला रहेछिन अनि उनको भूकम्पले घर पनि भत्किएका रहेछ भने उनले त अनेक हिसाबबाट ५ र ६ वटा शीर्षकमा सुहलियत ऋण लिन सक्ने खतरा हुन्छ, त्यसैले हामीले एउटा शीर्षकमा ऋण दिएपछि अर्को शीर्षकमा नदिने कुरा कार्यविधिमै उल्लेख गरेका छौँ’, अर्थ मन्त्रालयका सहसचिव खत्रीले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ४३ बजे

फेसबुकको वेब संस्करणमा समस्या, प्रयोगकर्ताले गर्न सकेनन् लगइन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको वेब (ब्राउजर) संस्करणमा आइतबार अचानक

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो

काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको

प्रमाण नै थिएन भने मुद्दा किन?’ विष्णु पौडेलमाथिको अभियोजनप्रति गोविन्द पन्थीको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलले संसदमा आफ्ना सांसदहरूको भूमिका

विद्युत् अवरोधदेखि जनताको असन्तुष्टिसम्म, सरकारमाथि शंकर पोखरेलको आक्रामक टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको